पोखरा । पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ । आज (शुक्रबार) हुने अवार्ड समारोहको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । यो वर्ष विभिन्न सात विधामा खेलाडी, पत्रकार र खेल संघहरू सम्मानित हुने आयोजकले जनाएको छ । वर्ष खेलाडी महिला र पुरुष, उदीयमान, उत्कृष्ट प्रशिक्षक, खेल संस्था वा क्लब, लाइफ टाइम एचिभमेण्ट र उत्कृष्ट पत्रकारलाई सम्मान गरिने अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो ।
लाइफ टाइम एचिभमेण्ट यो वर्ष एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिनेछ भने उत्कृष्ट खेल संघका रूपमा सहारा क्लब पोखरा, उत्कृष्ट पत्रकारमा रोहितराज पराजुलीलाई सम्मान गरिनेछ । एचिभमेण्ट अवार्ड चाँदीको करुवा, ट्रफी र ताम्रपत्रले सम्मान गरिने बरालले जानकारी दिनुभयो ।
खेल संघ, उत्कृष्ट प्रशिक्षक र पत्रकारलाई ३५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । वर्ष खेलाडीहरूलाई दुवै विधामा स्कुटर पुरस्कार दिइनेछ । यसैगरी, ओलम्पियन नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरीयता खेलाडी अभिषेक बास्तोलालाई स्पेसल अवार्ड प्रदान गरिनेछ ।
वर्ष खेलाडीका रूपमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी तथा महिलातर्फ आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर, आर्चरीकी अनुष्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा पर्नुभएको छ ।
पोखरा सभागृहमा दिउँसो ३ बजे हुने समारोहमा लोकप्रिय गायक प्रकाश सपूतले प्रस्तुति दिनुहुने साथै विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच