काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकप आयोजनाका निम्ति मतदान गर्ने भएको छ । फिफा महिला विश्वकपका निम्ति दक्षिण अमेरिकी राष्ट्र ब्राजिलसँगै युरोपका बेल्जियम, जर्मनी र नेदरल्याण्ड्सले संयुक्त आयोजनाका लागि प्रस्ताव राखेका छन् ।
दुवै प्रस्तावले आयोजनाका निम्ति आवश्यक सबै मापदण्ड पूरा भए पनि प्राविधिक क्षेत्र, रंगशाला, आवास र समर्थक क्षेत्रमा भने ब्राजिलले उच्च अंक पाएको छ । यदि प्रतियोगिता ब्राजिलमा आयोजना भए यो दक्षिण अमेरिकामा आयोजना हुने पहिलो महिला विश्वकपसमेत बन्नेछ ।
विश्वकपका निम्ति दुई प्रस्ताव आएपछि फिफाले आफूसम्बद्ध २११ देशका फुटबल एसोसिएसनलाई बैंककमा मे १७ मा हुने ७४औँ फिफा कंग्रेसमा मतदान गर्ने भएको हो । यसअघि महिला विश्वकपका लागि अमेरिका, मेक्सिको र दक्षिण अफ्रिकाले समेत प्रस्ताव राखेका थिए । तर, गत हप्ता अमेरिका र मेक्सिकोले प्रस्ताव फिर्ता लिँदै सन् २०३१ को महिला विश्वकपमा आयोजनाको प्रस्ताव गर्ने जनाएका थिए ।
यस्तै, गत नोभेम्बरमै प्रस्ताव फिर्ता लिएको दक्षिण अफ्रिकाले पनि सन् २०३१ को विश्वकप आयोजनामा प्रस्ताव राख्ने बताएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच