अडानमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैटौँ राष्ट्रिय महाधिवेशनले केदारनाथ पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा बद्रीप्रसाद भट्टराई, प्रथम उपाध्यक्षमा डोलप्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खाँ, तृतीय उपाध्यक्षमा झलकमणि लम्साल, प्रदेश १ उपाध्यक्षमा पोषराज नेपाल, मधेश प्रदेश उपाध्यक्षमा प्रदीपकुमार यादव, बागमतीमा रामजीप्रसाद अधिकारी, उपत्यका प्रदेशमा भोलानाथ पाठक, गण्डकीमा विलबहादुर भुजेल, लुम्बिनीमा रमेश केसी, कर्णालीमा बलराम रेग्मी, सुदूरपश्चिममा बहादुर सिंह बिष्ट र महिला उपाध्यक्षमा मीरा श्रेष्ठ रहेको अडानले जनाएको छ ।

त्यस्तै महासचिव, उपमहासचिवमा क्रमशः प्रेमबहादुर श्रेष्ठ, भरतकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद ढुंगाना, गणेश गिरी, हरिबहादुर कार्की, जयाकुमारी झा, सावित्री शर्मा र तिलकबहादुर अधिकारी रहनुभएको छ ।

उपत्यका सचिवमा रामगोपाल महर्जन, बागमतीमा मायाबादे श्रेष्ठ, मधेशमा कामोद झा, गण्डकीमा शिवराज बराल, उपत्यकामा चन्द्रभक्त श्रेष्ठ, सुदूरपश्चिममा पदमराज शर्मा उपाध्याय, लुम्बिनीमा नेत्रप्रसाद ज्ञवाली, गोकर्णप्रसाद आचार्य, प्रदेश १ मा जयधर्म पोखरेल रहनुभएको छ भने कोषाध्यक्षमा बलराम चौधरी रहनुभएको छ । महाधिवेशनले १९ बुँदे घोषणापत्र जारी गर्दै आगामी तीन वर्षका लागि ८१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?