नेपालगञ्जमा पाँच किलो सुनसहित दुईजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बाँके । नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?