काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा सातौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज (शुक्रबार)देखि हुने भएको छ । प्रतियोगितामा तीन विधामा जम्मा ४५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बिएनएका प्रिन्सिपल टंकुमार चापागाईंले जानकारी गराउनुभयो । सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा १३ तथा जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने बिएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले बताउनुभयो ।
सिनियर ब्वाइज र गल्र्सको प्रतिस्पर्धा थ्री बाई थ्री स्वरूपमा हुनेछ । तीनै विधाका सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । सिनियर ब्वाइजमा ग्रिनल्याण्ड तथा जुनियर ब्वाइजमा गोल्डेनपिक डिफेन्डिङ च्याम्पियन हुन् । सिनियर गल्र्सको थ्री बाई थ्री पहिलोपटक हुन लागेको हो । प्रतियोगिता सञ्चालन गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने बिएनएका स्कुल को-अर्डिनेटर सन्तोष फुयालले जानकारी दिनुभयो । प्रतियोगिताका खेलहरू बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछन् ।
पहिलो दिन सिनियर ब्वाइजमा २० तथा जुनियर ब्वाइजमा तीन गरी जम्मा २३ खेल हुनेछ । २०७१ सालदेखि सुरु भएको प्रतियोगिताको दुई संस्करण कोभिडका कारण रोकिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच