राउण्ड टेबलको अध्यक्षमा राहुल

Read Time = 1 min

काठमाडौं । राउण्ड टेबल नेपालको हालै सम्पन्न २२औं साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । चितवनको नारायणघाटमा साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका अतिथिका साथै देशभरबाट चार सयभन्दा बढी सदस्यको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?