थ्री नेसन्स कप चैत ८ देखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । त्यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।

प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भिभिआइपीतर्फ एक हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?