धादिङमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र, करिब एक लाखसम्म जरिवाना   

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 7 mins
धादिङ ।  चाडपर्व  नजिकै गर्दा सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । सरकारले  काठमाडौँ  उपत्यका सहित ७७ जिल्लाभरका बजारहरुको अनुगमन गरेको छ । सोही अनुसार जिल्ला प्रहरी प्रशासन कार्यालय  धादिङले पनि बजार अनुगमन  गरेको छ ।  विभिन्न १३ वटा संयुक्त टोलीले अनुगमनलाई तीव्र पारेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमनको टोलीले  अनुगमनलाई तीब्रता दिएको हो । पृथ्वी राजमार्गअन्तर्गत थाक्रे र धुनिबेशीमा सञ्चालित होटल तथा खाजा घरहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ।
कार्यालयका अनुसार १८ वटा होटलको अनुगमन गर्दा ९ वटा होटल तथा खाजा घरलाई ९५ हजार जरिवाना गरिएको र ८ हजार ३ सय रुपैयाँ बराबरको म्याद नाघेका, सडेगलेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।
अनुगमन टोलीले थाक्रे–१ एकलेफाँटमा रहेको होटल भिमेश्वरलाई पाँच हजार, धुनिबेशी–६ मितेरीटोलको ग्रिन गार्डेन होटललाई १० हजार, धुनिबेशी–९ सिक्रेखोलाको हिमालयन त्रेमा कफीलाई ५ हजार,सोही ठाउँको दर्ता नभएको प्रविण तामाङको होटललाई ५ हजार जरिवाना तिराइएको घरेलु कार्यालयले जनाएको छ ।
त्यस्तै धुनिबेशी–९ कानाकोटको हाईवे रेष्ट सेन्टरलाई १० हजार, धुनिबेशी–६ थाक्रेबजारको न्यु सफलता स्टाफ होटललाई १० हजार, धुनिबेशी–६ चालिसे गंगटेको न्यू विश्वास होटललाई २० हजार र धुनिबेशी–६ नौबिसेको न्यू पल्पसा क्याफे साईडलाई २० हजार जरिवाना तिराएको छ।
जरिवाना गरिएको फर्ममा म्याद नाघेको बस्तु विक्रिको लागि राखेको,मुल्यसुची अद्यावधिक नभएको, नापतौल यन्त्र नविकरण नभएको, किचन सरसफाई नभएको तथा तोकिएको भन्दा बढि मुल्यमा सामान बिक्रि गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलुु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र राष्ट्रिय उपभोक्ता  चाडपर्वमा दैनिक कारोबार बढ्ने हुँदा सरकारले हरेक वर्षको चाडपर्वमा संयुक्त बजार अनुगमन गर्ने गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत विभिन्न निकायको संयुक्त टोलीले दैनिक ४० देखि ५० भन्दा बढी फर्म अनुगमन हुने गरेको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिनुभयो । प्रवक्ता पोखरेलका अनुसार असोज १ देखि सुरु भएको बजार अनुगमन टोलीले असोज ७ सम्म १ सय ६५ वटा व्यवसायी फर्मलाई अनुगमन गरी ३७ वटालाई कारबाही गरेको छ । बजार अनुगमनमा अधिकांश कारबाही पर्ने व्यापारिक फर्ममा बिल बिजक नराख्ने परेको उहाँकाे भनाई छ ।
विभागको तथ्यांकअनुसार असोज १ मा १८ वटा व्यावसायिक फर्ममा अनुगमन गर्दा तीनवटालाई कारबाही गरिएको थियो । कारबाही पर्ने दुई सामाखुसी र कपुरधाराको रेडिमेड कपडा पसल र ठमेलको खाद्य पसल थियो । बिल विजक नदेखाएका कारण कपडा पसललाई १०/१० हजार रुपैयाँ जरिवाना एवं खाद्य पसललाई ५ हजार रुपैयाँ गरी २५ हजार जरिवाना गरेको थियो ।
त्यस्तै असोज २ मा ३० वटामा फर्ममा अनुगमन गर्दा ४ वटालाई कारबाही गरी ८० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले बताएको छ । असोज ३ मा १६ वटा फर्ममा अनुगमन गर्दा पाँचवटालाई कारबाहीस्वरूप ६५ हजार जरिवाना गराइएको छ । असोज ४ मा ३३ वटा फर्ममा अनुगमन गरी १० वटालाई ७० हजार जरिवाना गरेको थियो । त्यस्तै ६ गते ४४ वटा फर्म अनुगमन गर्दा पाँचवटा फर्मलाई कारबाही गरी ४० रुपैयाँ जरिवाना गरेको थियो । कारबाही गर्ने तीनवटा खाद्य किराना पसल र एउटा मिठाई पसल र एउटा मार्ट रहेको थियो ।
अनुगमन टोलीले मार्टलाई २० हजार रुपैयाँ जरिवाना गरेको थियो भने चारवटा पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ । असोज ७ मा अनुगमन टोलीले ३९ वटा फर्म अनुगमन गर्दा १५ वटा फर्मलाई कारबाही गरेको छ । चाडपर्व लक्षित बजार अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा विभाग र जिल्ला प्रशासन कार्यालय लगायतको संयुक्त टोलीबाट बजार अनुगमन गरिरहेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को मापदण्डविपरीत व्यापार–व्यवसाय गरेको पाइएमा ठाउँको ठाउँ कारबाही गर्दै आएको छ ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?