काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाहृय क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताउनुभएको छ । शनिबार पोखरामा गण्डकी प्रदेशको वार्षिकसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गण्डकीमा सभासँगै सातवटै प्रदेशको वार्षिकसभा सकिएको पनि उहाँले जानकारी गराउनुभयो । महासंघको विधानमा वार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले उक्त नियम पालनाका लागि ढकालले प्रदेशसभालाई आग्रह गर्नुभएको थियो ।
उहाँले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारणसभा आयोजना गरिने बताउनुभयो । महासंघ अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवद्र्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको उहाँको भनाइ थियो । अध्यक्ष ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताउनुभयो ।
उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नुपरेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले नबुझेको उहाँले गुनासो गर्नुभयो । राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको आरोप लगाउँदै ढकालले बजार अनुगमन बढेको गुनासो आइरहेको बताउनुभयो । उहाँले नियमविपरीत काम नगर्न व्यवसायीलाई र निजी क्षेत्रलाई आतंकित नगर्न सरकारलाई आग्रह गर्नुभयो । निजी क्षेत्र आत्तिइरहने हो भने राजस्व संकलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुने उहाँको भनाइ थियो । यस वर्षको वार्षिक साधारणसभामा महासंघले सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरिएकाले राम्रो व्यापारिक वातावरणका लागि प्रतिबद्धता खोजिनेसमेत अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।
महासंघले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासंघको स्वामित्वमा नहुने भन्दै लगानी कम्पनी स्थापना र प्रवद्र्धन गर्न प्रारम्भिक पहलमात्र गरिने उहाँले बताउनुभयो । मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भइरहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच