रुपन्देही । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोशालामा बुटवल १२ तामनगरमा दैनिक प्रयोगशाला परिक्षण सेवा सुरु भएको छ । सो सेवाको लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनालले शुभारम्भ गर्नु भएको हो ।
प्रयोगशालाबाट प्रदेश भित्रका प्रयोगशालाहरुको टि.बि., मलेरिया, एचआईभी साथै अन्य परीक्षणहरुको गुणस्तर नियन्त्रण, प्रयोगशाला सुदृधिकरण, प्रयोगशालाकर्मीहरुको क्षमता अभिवृद्धिका साथै स्थलगत अनुशिक्षण कार्यक्रमहरु संचालन गदै आएको थियो अब देखी सर्बसाधारणको लागि रगत परीक्षण सेवा दिन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. निर्देशक राजेश कुमार गुप्ताले बताउनु भयो।
उहाँले अब केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने धेरै परीक्षण यहाँ हुने बताउनु भयो । लुम्बिनी प्रदेश सरकारमन्त्री परिषदको नियार्णबाट तोकिएको शुल्क अनुसार सेवा दिइने गुप्ताको भनाई थियो।
उदघाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेश भित्रहुननसकेका सम्पुर्ण परिक्षण अब यही प्रयोशालमा हुने वताउनु भयो । उहाले अब प्रदेसबाट ल्याबको परिक्षण गर्न काठमाडौं तथा अन्य ठाउँमा जानुपर्ने अवस्थाको अत्यका लागी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरि थप उपकरण खरिदगरि अत्याधुनिक सेवा दिईने ब्यवस्था रहेको बताउनु भयो।
मानिस बिरामी भएपछि पहिलो परीक्षण भनेको रगतको रिपोट चाहिने र त्यो विश्वशनीय भएपछि मात्र रोगको उपचार गर्न सहज हुने भएकोले यस लुम्बिनी प्रदेश सरकारले यहाँका जनतालाई सेवा दिने ब्यबस्था मिलाएको खनालको भनाई छ ।
बुटबलको देबिनगरमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालमा समेत कलेशन सेन्टर सुरु गरि बजारका बिरामीहरुलाई यहाँ आउनु नपर्ने र रिपोट अनलाईमा आउने ब्यबस्था भएको समेत मन्त्री खनालको भनाई थियो। मन्त्री खनालले प्रदेशको गौरबको अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालको पनि १२ तले भबन तथा अन्यसेवा को लागी सरकारले काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पान्डेले सरकारी सेवा सुरु भएपनि कोरोना महामारी तथा अन्यबोलमा पनि सहयोग गरिरहेका यसक्षेत्रका ल्यावहरुलाई पिपीपी मोडमा जाने गरि प्रदेश सरकारले नियम बनाउनु पर्ने बताउनु भयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका उप प्रमुख मेडिकल टेक्नोलोजिष्ट शन्तोष शुबेदी ल्यावको सेवालाई गुणस्तरलाई प्राथामिकता दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्ब स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले सामान्य रगत परीक्षण गर्न पनि काठमाडौं जानुपर्ने अबस्था अत्य भएको प्रदेशबासीलाई खुसीको कुरा भएको बताउनु भयो । उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यलाई ख्यालमा राखी यि र यस्ता कार्यकार्यम गदै आएको बताउनु भयो।
कार्यक्रममा पुर्वस्वास्थ्य मन्त्री बिष्णु प्रसाद पन्थी जिल्ला समन्य समितिका प्रमुख उमकान्त चपाई तिलोत्ततमा नगरपालिका प्रमुख रामकृण खाँण सैनामैनाका प्रमुख फडेन्द्र शर्मा शिदार्थनगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु बस्याल कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल स्वास्थ्य सचिब डा जनार्दन पन्थी, सेभ द चिल्ड्रेन वरिष्ठ ब्यबस्थापक मिम बहादुर सिह, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
जनस्वास्थ्य प्रयोगशाका ल्याव टेक्निसियन हिमाल खनालका अनुसार ग्लोबल फन्ड तथा सेभ द चिल्ड्रेनको सहयोगमा बुटवल १२, तामनगरमा नवनिर्मित भवन २०८० साउनमा हस्तान्तरण भई उक्त भवनबाट प्रयोगशालाले आफ्ना सेवाहरु संचालन गर्दै आएको बताउनु भयो ।
लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोशालाको आगामी आर्थिक बर्षबाट प्रदेशमा हुन नसकेका विशिष्टीकृत परिक्षणहरु पनि थप गर्दै जाने समेत जनाएको छ । एचआईभी संक्रमित बिरामीहरुमा भाइरल लोड परीक्षण तथा सह–संक्रमणको परीक्षण सुरु गर्ने । आधुनिक प्रयोगशाला परिक्षण प्रविधिको विकास तथा बिस्तार गर्ने, प्रदेशभर गुणस्तरीय प्रयोगशाला प्रणालीको बिकास गरि प्रयोगशाला सेवाहरुको संचालन तथा व्यवस्थापन गर्ने भएको छ ।
यस्तै जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुका प्रयोगशाला शाखालाई महामारीजन्य रोगहरुको नियमित सर्भिलेन्स गर्न सबलीकरण गर्ने, प्रादेशिक रक्त संचार केन्द्रको स्थापना गर्ने र प्रदेशभरका रक्तसंचार केन्द्रहरु बीच संजाल स्थापना गरि रगतको अभाब हुन नदिने, रोगको निदानमा प्रेषण प्रयोगशालाको रुपमा स्थानीय जनस्वास्थ्य प्रयोगशालाको स्थापना गर्ने समेत योजना रहेको उपनिर्देशक राजेश कुमार गुप्ताले जानकारी दिनु भयो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई संक्रामक एबं असंक्रामक रोगहरुको अध्ययन तथा अनुसन्धान गर्न प्रयोगशाला तथा प्रविधिको विकास गर्ने योजना रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. निर्देशक राजेश कुमार गुप्ताले वताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच