‘सतीदेवी’ को ‘इन्डक्ल्याप’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘सतीदेवी’ को छायांकन सकिएको छ । निर्माता निर्देशक लक्ष्मण सुवेदीले २३ दिनमा चलचित्रको ‘इन्डक्ल्याप’ भएको जानकारी गराउनुभएको हो । ‘फिल्मको छायांकन हामीले सोचेजस्तै राम्रो भयो’ सुवेदीले भन्नुभयो ‘अब सम्पादनमा जुट्ने छौ ।’

चलचित्रको काठमाडौं र लमजुङ आसपासका स्थानमा छायांकन गरिएको हो । चलचित्रमा मल्लिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटीलगायतको अभिनय छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेकोे चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ । चलचित्रको गीत पनि सुवेदी आफंैले लेख्नुभएको हो । चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ भने रामजी लामिछानेले कोरियोग्राफी छ । सुवेदीले यस अगाडि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?