दाङ । नेपाली कांग्रेसले लुम्बिनीमा आफ्नै नेतृत्वको सरकारलाई कामयमै राख्ने रणनीति अवलम्वन गरेसंगै नयाँ सरकार गठनका लागि अन्य राजनीतिक दलले पनि सक्रियता बढाएका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको डिल्ली वहादुर चौधरीको नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई टिकाउन मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले साना दलसँग आग्रह गर्दै आउनु भएको छ ।
उता नयाँ बनेको गठवन्धनको तर्फबाट पनि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भन्दै साना दलहरुसंग छलफल अघि बढाएको छ ।
लुम्बिनीमा नयाँ सरकार गठनका लागि सानादल निर्णायक छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन चैत २२ गते बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
केन्द्रको गठबन्धनको समीकरण फेरिएसँगै मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिनुपर्ने हुन्छ । यदी चौधरीलाई विश्वासको मत प्राप्त नभएमा र माओवादी केन्द्रले सरकारको नेतृत्वमा पाएमा रोल्पा निर्वाचन १ ‘क’ बाट निर्वाचित जोखबहादुर महरा मुख्यमन्त्री बन्ने चर्चा छ ।
नेपाली काँग्रेसले प्रदेशको सत्ता समीकरण निर्माणका लागि केन्द्रमा बनेको सत्ता समीकरणमा आबद्ध दलसँग पनि सहकार्य गरेर जाने यस अघिको निर्णयसँगै साना दलहरु संग छलफल अघि बढाएको छ । नयाँ सरकार गठनका लागि केही दिनदेखि लगातार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भइरहेको वार्ता तथा सम्वादको आधारमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने सम्भावना छ ।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले लिने गरी छलफल भइरहेको नेकपा माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता जोखबहादुर महराले जानकारी दिनुभयो । यद्यपि, माओवादी केन्द्रले सरकारको नेतृत्व नपाएको खण्डमा भने नेकपा एमालेले लिने र सरकारको नेतृत्व लिला गिरीले गर्नुहुनेछ ।
लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा सदस्य रहेका छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । यहाँ नत एमाले–माओवादी गठबन्धनसँग प्रस्ट बहुमत छ नत नेपाली काङ्ग्रेससंग नै । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग, ३ राप्रपासँग ३, लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।
यसैगरी, एमालेसँग २९, माओवादीसँग सभामुखबाहेक १०, जनता समाजवादी पार्टी (जसपा) सँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् । लुम्बिनीमा नयाँ सरकार गठनका लागि साना दल निर्णायक देखिन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच