काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुनुपर्ने बताउनुभएको हो ।
उहाँले देशमा समानुपातिक निर्वाचन प्रणाली भएसम्म कुनै राजनीतिक दलको बहुमत नआउने र सरकार समेत अस्थिर हुने गरेको बताउनु भयो । उहाँले २४० वटा निर्वाचन क्षेत्र मात्रै राखेर प्रत्यक्ष निर्वाचित सांसद मात्रै बनाउनुपर्ने बताउनु भयो । बरु सोही निर्वाचन क्षेत्रभित्र महिला र दलित लगायतको लागि कोटा छट्याउन सकिने बताउनु भयो । उहाँले प्रदेशमा पनि समानुपातिक राख्नु नहुने र राष्ट्रिय सभा भने समानुपातिक बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संविधानमा समानुपातिक पद्धती राखेका छौँ । यो आवश्यक पनि हो । जुन जात, वर्ग, धर्म, सम्प्रदाय छुट्यो त्यसलाई ल्याउनुपनि पर्छ । तर प्रतिनिधि सभामा जुन बेलासम्म समानुपातिक पद्धति राख्छौँ । तबसम्म कुनै दलको बहुमत आउने लक्षण देखिएन । हाम्रो प्रस्ताव व्यक्तिगत रुपमा के छ भने अहिले ठुला पार्टीहरु सहमत हौँ । संविधान संशोधन गरौँ । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गरौँ । कतिपय ठाउँहरुमा दलितको, महिलाको फाल्टै सिट छ भने त्यो पनि गरौँ । २४० वटै निर्वाचन क्षेत्र गरौँ । प्रदेशमा समानुपातिक नराखौँ । संघमा राष्ट्रिय सभामा समानुपातिक राखौँ । यसमा सबै पार्टीहरु जानसक्यौँ भने, स्थिर सरकार नभएर काम गर्ने वातावरण भएन । सधैँ सत्ताको लागि मात्रै लुछाचुँडी गर्नुप¥यो । यो अन्त्य हुन्छ । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा भइसकेपछि जुनसुकै दलको होस् । पाँच वर्ष कमसेकम एउटा दलको बहुमत ल्याएर सरकार गठन गर्नसक्ने अवस्था हुन्छ नि । यहाँ त टालाटुली बटुली आउनुपर्ने । ठुला पार्टीहरु बाहिर बसेर च्याखे पार्टीहरुलाई लिएर ठाउँ दिनुपर्ने अनि च्याखेले निउ खोजेको खोजेकै गर्ने यो प्रवृत्तिको अन्त्य जरुरी देखियो । राजनीतिक स्थिरताका लागि, समृद्धिका लागि र मुलुकमा विकासका लागि पनि यो आवश्यकता छ ।’
उहाँले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुँदा कुनै एक राजनीतिक दलको बहुमत आउन सक्ने र स्थिर सरकार बनाउन सकिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच