काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको जवाफ नसुन्ने भएको छ ।
नेपाली कांग्रेसको संसदीय बोर्डले गृहमन्त्रीलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेसँग गृहमन्त्री लामिछानेले संसदमा सफाइको मौका नपाउने हुनु भएको हो ।
प्रतिनिधिसभामा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम सुरु भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि आफ्नो मन्त्रालयसँग जोडिएका प्रश्नहरुको जवाफ दिने तयारीमा हुनुहुन्छ ।
आज मात्रै पनि उहाँले आफूले संसदको रोष्टमबाट जवाफ दिन पाउनुपर्ने बताउनु भएको थियो । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सहकारी प्रकरणमा आफ्नो लगायत रास्वपाका नेतामाथि प्रश्न उठेपछि यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘समाचार आएपछि पुग्यो, तपाईहरुले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेशन राखेर ठगीमा रु भनेर क्वेशन राखिदिएको हो की, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो की रु भन्नु नपर्ने रु छापिदिएपछि पुग्यो । साथीहरु त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबैजना । एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भनेत सकिहाल्यो । होइन, तपाईहरुको अन्य साथीहरुले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरु अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा क्वेशन मार्क राखेको छ, क्वेशन त गर्न पाइन्छ । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’
तर सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल कांग्रेसले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छैन ।
मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकमा समेत यसबारे छलफल भएको थियो । आज बसेको बैठकमा इलाम–२ को उपचुनावमा उम्मेदवार चयन गर्ने विषयमा टुंगो नलागेपछि उम्मेदवार चयन गर्न भोलि २ बजे फेरि कांग्रेसको बोर्ड बैठक डाकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच