काठमाडौं । भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कप त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । सिरिजको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको हो । नेपालले पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो । बरोडाले सिरिजमा पहिलो हार भोगेको हो । बरोडाले पहिलो खेलमा गुजरातलाई पाँच विकेटले हराएको थियो ।
नेपाली टोलीले दिएको १५७ रनको बलियो लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा १२९ रनमा अलआउट भयो । बरोडालाई कम स्कोरमा रोक्न करण केसीले तीन विकेट लिनुभयो भने अविनाश बोहोराले दुई विकेट लिनुभयो ।
त्यसअघि गुजरातको वापीस्थित साइ मेघपान स्पोर्ट्स लाइफ मैदानमा बरोडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रनको बलियो योगफल तयार पारेको थियो ।
नेपालका लागि कुशल मल्ल ४०, दीपेन्द्र सिंह ऐरी पाँच रनमा नटआउट रहनुभयो । सन्दीप जोरा २९ रन बनाउँदा रन आउट हुन पुग्नुभएको थियो । अनिलकुमार साह २५ रन बनाउँदा क्याच आउट हुनुभयो । कप्तान रोहित पौडेल १८ रनमा रन आउट हुनुभयो भने गुलशन झा १३ रनमा क्याच आउट हुनुभएको थियो ।
बरोडाका लागि बाबा खानले दुई विकेट लिनुभएको थियो भने मोहित मोंगिया र परिक्षित पटिदारको नामा समान एक÷एक विकेट रहृयो । नेपालले आज (बुधबार) पुनः गुजरातसँग खेल्नेछ भने शुक्रबार बरोडाविरुद्ध पुनः खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच