पश्चिम नवलपरासीमा सवारी दुर्घटना: एक जनाको मृत्यु, दुई जना घाइते

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

रामग्राम नगरपालिका–१० मन्झरिया चोक नजिकै हुलाकी सडक खण्ड अन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ७० प ४०४५ नम्बरको मोटरसाइकललाई लु १ च ६७९९ नम्बरको बोलेरोले ठक्कर दिँदा मोटरसाइकलमा सवार रामग्राम १६ बस्ने बर्ष ३३ का केशवप्रसाद यादवको उपचारका क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा परि दुई जना दुर्घटनामा गम्भीर घाइते भएका छन् । दुर्घटनाबाट घाइते हुनेमा बर्ष ३० का ईन्दल चौधरीलाई भैरहवा मेडिकल कलेज र बर्ष ३५ का नेम नारायण चौधरीलाई काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो।

गाडीसहित चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?