ट्रम्पलाई आन्तरिक चुनावी प्रतिस्पर्धामा चुनौती दिइरहेका तीन भारतीय

हिमालय टाइम्स
Read Time = 5 mins

वाशिंगटन । विवेक रामास्वामी, निक्की हेली र हर्षवर्धन सिंह यी तीन नामले आगामी अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने देखिएका छन् ।

सबै प्रकारका कानुनी चुनौतिहरूको सामना गर्दै पनि ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारीको दौडमा अग्रता लिएका छन् । रिपब्लिकन पार्टीका सदस्यहरू अर्को वर्ष जुलाई १५ देखि १८ सम्मको राष्ट्रिय अधिवेशनको लागि मिलवाउकी, विस्कन्सिनमा भेला हुनेछन् । तर, ट्रम्पलाई भारतीय मुलका अमेरिकनहरुले उनको चुनावी यात्रालाई भने चुनौती दिईरहेका छन । कट्टर राष्ट्रबादी ट्रम्पलाई चुनौती दिईरहेका तीन भारतीयहरुको बारेमा जानी राखौं ।

निक्की हेली

निक्की हेली दक्षिण क्यारोलिनाका पूर्व गभर्नर भइसकेकी छिन् । उनी रिपब्लिकन उम्मेदवारमध्ये एक मात्र महिला हुन् । उनले आफूलाई कहिल्यै पनि चुनाव नहारेको नेताको रुपमा व्याख्या गर्दै आएकी छन् । ५१ वर्षीया हेलीले ट्रम्प प्रशासनमा आफ्नो कार्यकालको बारेमा गर्वका साथ कुरा गर्छिन्। धेरैजसो सर्वेक्षणमा उनको प्रदर्शन कम भए पनि उनी अझै चन्दा संकलन गरिरहेकी छिन् ।

स्ट्यान्ड फर अमेरिका फन्ड इंकसहित निक्की हेलीलाई समर्थन गर्ने सुपर पीएसीले अप्रिलदेखि जुनसम्म १८.७ मिलियन उठाएर उनीहरूको कुल चन्दा २६ मिलियन डलरमा ल्याई दिएको छ । हेलीले केही धनी दाताहरूबाट पनि समर्थन प्राप्त गरिसकेकि छन्, जसमा अर्बपतिहरू केनेथ ल्याङ्गोन, एलिस वाल्टन र केनेथ फिशरले लगभग ६६६० डलर योगदान गरेका छन्।

विवेक रामास्वामी

प्राविधिक उद्यमी विवेक रामास्वामी यस वर्ष फेब्रुअरीमा रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवारका रूपमा बाहिरी व्यक्तिको रूपमा प्रवेश गरेका थिए। तर यति छोटो समयमा उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसपछि तेस्रो नम्बरमा आएका छन् । इप्सोस पोलका अनुसार रामास्वामीलाई रिपब्लिकन पार्टी भित्र करिब ९ प्रतिशत नेताहरूको समर्थन छ। जबकि ट्रम्पलाई आश्चर्यजनक ४७ प्रतिशत समर्थन छ, जबकि उनका कट्टर प्रतिद्वन्द्वी रोन डिसेन्टिस १९ प्रतिशतका साथ उनीभन्दा निकै तल छन् । विवेक रामास्वामीका आमाबाबु केरलाबाट अमेरिका आएर ओहायोको जनरल इलेक्ट्रिक प्लान्टमा काम गरेका थिए ।

४८ वर्षीय भारतीय अमेरिकी रामास्वामी औषधि विकासको लागि उनको अनुभव र अत्याधुनिक दृष्टिकोण र स्वास्थ्य क्षेत्र परिवर्तन गर्नको लागि उनको समर्पणका लागि विश्वव्यापी रूपमा चिनिन्छन् । उनले ‘योग्यलाई अवसर’  र  ‘चीनमाथिको निर्भरता अन्त्य गर्ने’ वाचा गर्दै राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका हुन् ।

हर्षवर्धन सिंह

पेशाले इन्जिनियर हर्षवर्धन सिंह पनि अमेरिकाको राष्ट्रपतिको दौडमा छन्, जसको चुनावी वाचा आफ्नो देशका नागरिकलाई प्राथमिकता दिने हो। ट्वीटरमा पोष्ट गरिएको भिडियो सन्देशमा ३८ वर्षीय सिंहले आफू आजीवन रिपब्लिकन र अमेरिका फर्स्ट भएको बताएका छन् । उनले न्यु जर्सीमा कन्जरभेटिभ विंगलाई पुनर्स्थापित गर्न धेरै काम गरेका छन् ।

आफूलाई एकमात्र उपयुक्त उम्मेदवारको रूपमा वर्णन गर्ने हर्षवर्धन सिंहले २०१७ र २०२१ मा न्यु जर्सीको गभर्नर पदका लागि रिपब्लिकन प्राइमरीमा, २०१८ मा हाउस सिट र २०२० मा सिनेटका लागि दाबी पेश गरेका थिए तर उनी सफल भएनन । रिपब्लिकन पार्टीको उम्मेदवारी जित्न असफल भए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?