भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर ५, सानोदुम्माको सुप्लामा रहेको श्री सन्तानेश्वर महादेवथान मन्दिर परिसरमा आगामी बैशाख ५ गतेदेखि १३ गतेसम्म श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ हुने भएको छ ।
ज्ञान महायज्ञबाट करिव ३० लाख जति संकलन हुन आंकलन गरिएको बताउँदै त्यसले मन्दिरको पूर्वाधार निर्माणमा जग्गा खरिद गरिने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताउनुभयो । आयोजकले महायज्ञ हुने स्थानमा पत्रकार सम्मेलन गर्दे २०१० सालमा स्थापना भएको मन्दिरले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हुनालाई त्यसको प्रचार प्रसारमा समेत ज्ञान महायज्ञले सहयोग गर्ने जानकारी दिएको हो ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राईले भन्नुभयो, “धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रकारुपमा इतिहास बोकेको मन्दिरलाई चिनाउन हामीले सप्ताह ज्ञान महायज्ञको तयारी थालेका हौ ।” यसले आर्थिक विकाससँगै ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने पनि देखिन्छ । चागुनारायण नगरपालिका वडा नम्वर ८ का पण्डित दिपक सापकोटाबाट कथा बाचन हुने छ ।
महायज्ञमा नियमितरुपमा पूजा एवं पाठपारायण, कथावाचन, आरती, प्रसादग्रहण तथा सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । मन्दिरका पुजारी प्रेम बहादुर खडकाले रामनवमी, शिवरात्री, तिज, बालाचर्तुदशीमा पुजाआजा हुने हुने गरेको गरेको बताउनुभयो । मन्दिरमा सन्तानेश्वर महादेव, गुप्तेश्वर महादेव, शिवलिङ, हिमालय लगायतको पनि पुजा हुने गरेको छ । हलेशी पछिको दोश्रो मन्दिरकारुपमा सन्तानेश्वर महादेव मन्दिर परिचित रहदै आएको छ ।
आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले धर्म संस्कृति र मन्दिर संरक्षणमा पनि यो महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै महायज्ञमा सहभागी हुन सवैलाई आग्रह गर्नुभयो । महायज्ञमा करिव २० हजारको प्रत्यक्ष सहभागिता हुने दावी आयोजक पक्षको रहेको छ । महायज्ञमा आर्थिक सहयोग गर्ने दाताहरुलाई बिभिन्न सम्मान समेत गरिने आयोजकले पक्षले जनाएको छ । यो मन्दिरमा दर्शन गरेमा सन्तान नहुनेहरुका लागि सन्तान समेत प्राप्त हुने बिश्वास रहदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच