
भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सार मालबाँसेका आगलागी पीडितलाई जेभी फाउण्डेशनले बुधवार सिरक र लगाउने कपडा सहयोग गरेको छ ।
फाउण्डेशनले भोजपुर नगरपालिका सेवा समाज काठमाण्डौ मार्फत आगलागीबाट घरवार बिहिन भएका पाँच परिवारलाई सिरक र कपडा बितरण गरेको हो । समाजका सदस्यहरु दुर्गा प्रधान, अमृत राना, भोजपुर संयोजक शिव भुजेल, सल्लाहकार घमचन्द्र दाहाल र वडाध्यक्ष देवी प्रसाद कार्कीले पीडित परिवारलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
आगलागीबाट समस्या भएका परिवारलाई सिरक र कपडाले राहत मिल्ने समाजका भोजपुर सल्लाहकार घमचन्द्र दाहालले बताउनुभयो ।
यस्तै अन्तरराष्ट्रिय सहयोग सञ्जाल नेपालले अध्यक्ष बेनीबहादुर कार्की लगायतको उपस्थितीमा जस्तापाता १५ बण्डिल र भाँडाकुडा सहयोग गरेको छ । घरमा छानो लगाउन सहयोग गर्ने उद्धेश्यले सञ्जालले पीडित परिवारका लागि जस्तापाता सहयोग गरेको छ ।
गत चैत्र ३ गते नजिकको वनमा लागेको डढेलो घर बस्तीमा आउँदा स्थानाीयका ७ घर र १० वटा गोठ जलेर नष्ट हुदाँ एक करोड तीन लाख वरावरको क्षति भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच