काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८०’ पारित गरेको छ ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो ।
राष्ट्रियसभामा उत्पति भएको यो विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस भएको थियो ।
कृषिमन्त्री साहले खाद्यपदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नका लागि यो विधेयक महत्वपूर्ण रहेको बताउनुभयो । विधेयकमा खाद्य प्रयोगशाला स्थापना, यसको अनुमतिपत्र तथा नवीकरण, वस्तु आयात तथा निर्यातका बेला गुणस्तर प्रमाणीकरणलगायतका विषय समेटिएका छन् ।
मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ताहित संरक्षणका लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यको आधारमा स्वच्छता र गुणस्तर निर्धारण गरी त्यसको नियमन गर्ने व्यवस्था सरकारले यो विधेयकमा ल्याएको हो ।
अन्तर्राष्ट्रियमा आएको नयाँ परिवर्तन र खाद्य स्वच्छतामा बढ्दै गएको संवेदनशीलतालाई समेत संस्थागत संयन्त्रमार्फत सम्बोधन गरी स्वस्थ्य र निरोगी नेपाल निर्माण गर्नका लागि खाद्य ऐन, २०२३ लाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्न यो विधेयक ल्याइएको हो ।
यो ऐन प्रमाणीकरण भएको मितिले ९१औँ दिनबाट लागू हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच