![मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/DevrajGhimire.jpg)
झापा । समाजको आर्थिक- सामाजिक रुपान्तरण, प्रशासन, सिने जगत तथा साहसिक काम गर्ने पाँचजना सामाज अगुवालाई 'विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०' प्रदान गरिएको छ । गोर्खा फाउन्डेसन झापाले एउटै मञ्चमा जुटाएर उहाँहरूलाई सो सम्मान प्रदान गरेको हो।
सम्मानित हुनेहरूमा नेपाली सिने जगतका ूमहानायकू राजेश हमाल, कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका तुलसी घिमिरे, मानवविहीन अन्टार्क्टिका महादेशमा पाइला राख्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी सीता परियार र सहकारीमार्फत आर्थि, सामाजिक जनजीवन चलायमान बनाउन योगदान गरेका महेन्द्रकुमार गिरी हुनुहुन्छ ।
फाउन्डेसनले विभिन्न पेशा व्यवसायसँग आबद्ध प्रतिभालाई पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार विश्वेश्वर नौबाग अर्थात् विशे नगर्ची सम्मान दिन प्रारम्भ गरेको हो ।बुधवार बिर्तामोड आयोजित कार्यक्रम राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले पाँच प्रतिभालाई सामुहिक रूपमा सम्मान गर्नु भएको हो। सम्मानको राशि जनही ५१ हजार र सम्मानपत्र छ।
हमाल चलचित्र क्षेत्रमा बिगत चार दशकदेखि सक्रिय हुनुहुन्छ । उहाँले समता फाउण्डेसनद्वारा निर्मित ‘जातको प्रश्न’ नामक र टेलिभिजनमा अन्य कार्यक्रममा प्रस्तोताको रुपमा समेत काम गरिसक्नु भएको छ ।भारतको कालेबुङका घिमिरेले सन् १९८१ मा ूबाँसुरीू बाट ट चलचित्र क्षेत्र प्रवेश गर्नु भएको थियोे । उहाँले कुशुमे रुमाल, चिनो, लाहुरे, दर्पण छायाँ लगायत दुई दर्जन बढी उत्कृष्ट चलचित्र निर्माण गर्नु भएको छ।
सम्मानित विश्वकर्मा मानवविहीन अन्टार्क्टिका महादेशमा पहिलो नेपाली पाइला राख्ने व्यक्ति हुनुहुन्छ । भारतीय गोर्खा रेजिमेण्टमा कार्यरत हुँदा भुवनसिंहले सन् १९८६ र १९९२ मा दुई पटक अन्टाक्र्टिका महादेशको यात्र गर्नु भएको थियो ।२०५५ सालमा गोर्खा दक्षिणवाहु दोश्रोबाट विभूषित विश्वकर्मा रुपन्देहीका नागरिक हुनुहुन्छ। उहाँको सम्मानमा बुटवल र हेटौंडामा सडक पनि बनाइएको छ ।
२०६८ मा निजामती सेवामा प्रवेश गर्नु भएकी परियार मुलुकको पहिलो स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।मुलुककै ठूलो सहकारी सहाराका कार्यकारी निर्देशक गिरीले सहकारीमार्फत आर्थिक, सामाजिक जनजीवनमा योगदान पुर्याउने व्यक्ति हुनुहुन्छ ।
समर्पण अभियानका अगुवा गिरीले झापामा एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनीकरण महाअभियान सम्पन्न गरिसक्नु भएको छ ।फाउण्डेसनका अध्यक्ष बीरबहादुर दर्नालले समाज रुपान्तरमा विशेष योगदान पुर्याउने प्रतिभालाई सम्मान गरिएको बताउनु भयो। यो कार्यक्रम बर्सेनी गरिने छ।
![सर्वोच्चले ब्युँतायो यातायात व्यवसायीका समिति](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/supreme-court.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच