काठमाडौं । नेकपा एमालेले इलाम- २ मा उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधि सभा अन्तर्गतको रित्त पदमा सत्ता साझेदार दल एमालेले सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो। सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएका सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण हुनुुहु्न्छ ।
रवीन्द्र एमाले इलामको उपसचिव समेत हुुनु हो । उहाँ उम्मेदवारको आकांक्षी समेत हुनुहुन्थ्यो । यस्तै धीरेन्द्र माओवादीका केन्द्रीय सदस्य हुनु हो ।
पहिलो नम्बरमा जनमत पार्टीले मनोनयन दर्ता गरेको थियो । जनमत पार्टीका उम्मेद्वार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप) ले पहिलो नम्बरमा मनोनयन दर्ता गर्नुभएको हो ।
मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दोश्रो नम्बरमा मनोनयन दर्ता गरेको थियो । नेमकिपाले मोरङका श्यामबहादुर दर्जीलाई उम्मेद्वार बनाई मनोनयन दर्ता गरेको हो ।
तेश्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराउनु भएको छ । गौतमले यसपटक भने स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।
अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस (विपी) बाट इलाम २ मा उम्मेद्वारी दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच