जुम्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पाँच महिनादेखी कार्यालय प्रमुखविहिन

Read Time = 6 mins

विजय रावत
जुम्ला । जुम्ला सदरमुकाम खलंगा स्थित बोहोरा गाँउमा रहेको आयुर्वेद स्वास्थय केन्द्रमा पाँच महिनादेखी कार्यालय विहिन हुदा कामकाज प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर पाँच महिना अघि सरुवा भएर फर्किएपछि अर्को कार्यालय प्रमुख नआउदा कार्यालयको सबै कामठप्प भएकाछन् । पुसदेखी प्रमुख ठाकुर जाजरकोटको रमाना लिएपछि अर्को प्रमुख नहुदा आर्थिक कारोेवार वन्द भएको हो । कार्यालय प्रमुख नहुदा खरिद भएका औषधी, प्रयोगशालाका सामग्री, फर्निचर खरिदको भुक्तानी हुन सकेको छैन ।
स्वास्थ्य केन्द्रका वैद्य गोर्खबहादुर रावतले लामो समयदेखी कार्यालय प्रमुख नहुदा करारका कर्मचारीले पाँच महिनादेखी तलब समेत खान नसकेको जानकारी दिनुभयो । उहाँले अहिले आफु कार्यालय प्रमुख पठाईदिन भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आएको बताउनुभयो । सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकायमा कार्यालय प्रमुखको व्यवस्था गरिदिन भनि धाउदै हैरान भएपनि प्रमुख नपठाउदा आयुर्वेदका कामहरु प्रभावित भएकाछन् । उपचार गर्न आएका सेवाग्राही औषधी तथा आवश्यक सामग्री नहुदा फर्किने गरेका छन् ।
आयुर्वेदलाई आवश्यक फर्निचर खरिद, ल्यावका सामाग्री खरिद, औषधी खरिदको भुक्तानी समेत हुन नसक्दा पुजीगत बित्तीय प्रगति शुन्य भएको छ । कार्यालय प्रमुख नहुदा रु २० लाख कार्यालय मर्मत र पाँच लाख डिपिआर तयार गर्ने रकम मुस्किलले आएको थियो । त्यो काम पनि हुन नसक्ने डर भएको छ ।
आयुर्वेदको यो हालतका बिषयमा मन्त्रालयले खासै प्रथामिकता दिन नसक्दा जुम्लामा एक मात्र रहेको आयूर्वेद अस्पताल धरापमा पर्ने सम्भावना रहेको छ । १० महिना कटिसक्दा पनि कार्यालयको पुजीगत काम मर्मत सम्भार, डिपिआर निर्माण तथा मर्मत, औषधी खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका कामहरु हुन सकेका छैनन् । डिपिआर तथा मर्मतको काम अव यो बर्ष फ्रिज हुने देखिन्छ । जेठको दोस्रो साता लागि सक्यो सूचनाकै समय एक महिना समय हुने भएकाले डिपिआर तथा मर्मत खर्चको कार्यालयलाई डर बढेको छ ।

आयूर्वेदका केन्द्रका वैद्य गोर्खबहादुर रावतका अनुसार आफुलाई मन्त्रालयले एउटा पत्र दिएको बताउनुभयो । सो पत्रमा तलब, भत्ता, पोषाक, घरभाडा, बत्ति, बिजुली महशुल शिर्षक खर्च गर्नका लागि पत्र प्राप्त भएको छ । तर त्यस पत्रले करारका कर्मचारीले तलव नपाउने भएकाले समस्या भएको छ । अर्को अन्य कामहरु केही पनि गर्न नसकिने रहेको छ । तर अर्को पत्र पनि आएको सुनेको छु । सायद सो पत्रमा करार कर्मचारीको तलव खुवाउने व्यवस्था हुन सक्छ वैद्य रावतले जानकारी दिनुभयो ।
औषधी नहुदा फर्किन्छन,सेवाग्राही
सो आयूर्वेद स्वास्थ्य केन्द्रमा सेवाग्राहीको चाप धेरै हुने गरेको छ । दैनिक १५ देखी ३० जना सेवाग्राही आउछन् तर औषधी अभावले समस्या बढेको छ । खातामा पैसा छ तर औषधी खरिद गर्न काम नबढाएपछि सेवाग्राही औषधी लिनबाट समेत बञ्चित भएकाछन् । अहिले त औषधी छैन भन्ने थाहा पाएपछि सेवाग्राही घटन थालेकाछन् ।
गत आर्थिक बर्षमा पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर रु १२ लाख फ्रिज भएको छ । आयूर्वेद स्वास्थ्य केन्द्र धरापमा परेकोमा स्थानीयको चिन्ता बढेको छ । स्थानीय अगुवा राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना गरिएको संस्थामा भएका कर्मचारीले काम नगर्नु र राज्यले पनि यसको स्तरबृद्धिमा ध्यान नदिएको गुनासो गर्नुभयो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका आयूर्वेद चिकित्सक लक्ष्मी नारायण तिवारका अनुसार समस्या सामाधानका लागि चाडै पहल गर्न सचिव समक्ष बिषय पुरयाईने र चाडै समस्या सामाधान हुने आशा गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले आयूर्वेद अस्पताल पहिला देखीको अवस्था अस्तव्यवस्त भएको हुदा प्रदेश सरकारलाई सो समस्या राखेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?