बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, निर्णायक हुने अनुमान

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् ।

गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

प्रचण्ड र प्रधानमन्त्री देउवाबीचको भेटपछि सत्ता गठबन्धनको बैठक सुरु भएको हो ।

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उहाँको निवास खुमलटारमा भेट्नुभएको थियो । सो क्रममा उहाँले हालको गठबन्धन यथाबत राख्न जोड दिनुभएको थियो ।

यसअघि गठबन्धनका नेताहरूबीच भएका बैठक निष्कर्षबिहीन भइरहेका थिए । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा आआफ्नो दाबी गरिरहेका कारण गठबन्धन भित्र दरार सुरु भएको छ ।

सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भोलि अपरान्ह ५ बजे सकिँदैछ । यसर्थ आजको बैठक निर्णायक हुने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?