नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ : सभामुख घिमिरे

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ ।

अन्तरव्यवस्थापिका संघको १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा नेपालको तर्फबाट प्रभावकारी ढंगबाट सहभागिता जनाएको बताउनु भयो । उहाँले १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताउनु भयो । उहाँले सभामा १४२ भन्दा बढी देशका सांसदहरुको प्रतिनधित्व रहेको बताउनु भयो ।

उहाँले नेपालले सभामा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताउनु भयो । नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौति, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरुलाई न्युनिकरण गर्ने लगायतका विषयमा छलफल भएको बताउनु भयो । संसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्ने ? क्षेत्रीय तहका सम्भव भएका भेलाहरु नेपालले पनि आयोजना गर्नसक्ने विषयमा छलफल गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१४८ औं अन्तरव्यवस्थापिका संघको सभा यसपालि स्विजरल्याण्डको जेनेभामा यसको आफ्नै केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ । त्यसमा नेपालको तर्फबाट हामीले प्रभावकारी ढंगबाट सहभागिता जनाएका छाैँ । हामीले एउटा लामो समयदेखि त्यसको सदस्य राष्ट्र र सदस्य संसदको हिसावले भुमिका निर्वाह गर्दै आएका छाै । यस वर्ष पनि त्यही ढंगबाट हामीले यसलाई सफलताको साथ सम्पन्न गरेका छौँ । १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भयो । १४२ भन्दा बढी देशका सांसदहरुको प्रतिनधित्व गरेर सभा सञ्चलन भयो । ५ दिन चलेको सभामा विभिन्न ग्रुपहरुमा छलफल भए । नेपालबाट पनि आफ्नो आफ्नो ठाउँमा सक्रियताका साथ भाग लिनुभयो । नेपालको तर्फबाट अहिले विश्वमा देखा परिरहेका अनेक प्रकारका भौगोलिक, क्षेत्रीय तनावहरु र अनेक ढंगबाट शान्तिमा देखापरेका अफ्ठ्यारा र विज्ञानमा भएका प्रगतिहरुले पार्ने असरहरु यि सबै कुराहरुमा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका कसरी प्रभवकारी बनाउने भन्ने विषयमा छलफल भए । आगामी दिनमा यसलाई प्रभावकारी ढंगबाट लैजाने कुरा भएको छ । नन एलाइमेण्ट मोमेण्टमा पनि हामीले भाग लियौँ । त्यसमा पनि अहिले देखापरेका चुनौति, खासगरी जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरुलाई न्युनिकरण गर्ने लगायतका विषयमा छलफल भयो । संसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्न सकिन्छ र क्षेत्रीय तहका सम्भव भएका भेलाहरु नेपालले पनि आयोजना गर्नसक्ने विषयमा छलफल गरियो ।’

सभामुख घिमिरेले अब संसदीय गतिविधिहरु तिब्र रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढीरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?