ग्लोबल आइएमई र बिओके मर्जर सम्झौता

Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु(बिओके) बीच एक आपसमा गाभ्ने, गाभिने सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बिओकेका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

यसअघि ग्लोबल आइएमई बैंक र बिओकेबीच मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल र अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप चार खर्ब र कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकतर्फबाट अध्यक्ष ढकालसहित पाँचजना र बिओकेतर्फबाट दुईजना रहने बताइएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ । २१ बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँच वाणिज्य बैंक, १० विकास बैंक तथा छ फाइनान्स कम्पनी गाभिनेछन् ।

दुवै बैंकले असोजसम्म एक अर्ब ४७ करोडभन्दा बढी खुद नाफा आर्जन गरेका छन् भने मर्जरपछि कुल तीन सय ८५ शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन विदेशस्थित सम्पर्क कार्यालय हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?