-पुरन साह
जनकपुरधाम । पहिलो जनकपुरधाम मेयरकप टि २० क्रिकेटको उपबिजेता बारा टिम दोस्रो मेयरकपको उपाधि जित्न सफल भएको छ ।
शनिवार जनकपुरधामको रजौल स्थित प्रस्तावित श्री राम जानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा भएको रोचक प्रतिस्पर्धात्मक फाइनल खेलमा धनुषालाई ८ रनले हराउँदै बारा दोस्रो मेयरको उपाधि जित्न सफल भएको हो ।
प्रतियोगिताको थालनी देखिनै उत्कृष्ट प्रदर्शन गर्दै आएको बारा टिम फाइनलमा धनुषालाई पुनः भेटेपछि प्रतिस्पर्धा रोचक हुने आंकलन गरिएकोमा सोहि किसिमको प्रतिस्पर्धा भएको थियो । टस जितेर धनुषाले फिल्डिङको निर्णय गरेपछि पहिलो ब्याटिङ्ग गर्न आएको बारा टिम निर्धारित २० ओभर खेल्दै छ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पारेको थियो ।
बाराले निकेश गुप्ता नटआउट ४२, रोशन साह नटआउट २१ तथा निखिल सिंह १४ रन बनाएपनि अन्य ब्याट्सम्यानहरु चल्न सकेनन् । धनुषाका लागि रुपेश यादव, बिशाल शुसलिङ्ग र अखिलेश ठाकुर सम्मान २/२ विकेट लिएका थिए । धनुषाका बलर अभिजित मण्डल ४ ओभरमा ३३ रन खर्च गर्दा बारा मध्यम स्कोर सम्म पुग्न सकेको हो ।
१ सय ३ रनको मध्यम स्कोर पछ्याउन मैदान उत्रेको धनुषा १९.४ ओभरमा सबै अलआउट हँुदै मात्र ९५ रन बनाउन सक्यो । अन्तर्राष्ट्रिय अनुभवी खेलाडी बाराका पवन सर्राफ ३.४ ओभरमा मात्र १९ रन खर्चेर ४ विकेट लिएपछि धनुषाको पारी धरापमा पर्न गएको हो । धनुषाका लागि बिशाल शुसलिङ्ग ३५ बलमा ३३ रन जोडेपनि अन्य ब्याट्सम्यान रन बटुल्न सकेन । अलि अकबर अन्सारी १५ र अखिलेस ठाकुर र मयन यादवले १०÷१० रन मात्र बनाउन सक्यो भन्ने अन्य ब्याट्सम्यानहरु सस्तैमा आउट भएका थिए ।
पवन सर्राफको ४ विकेटका आलावा बाराका भुलवन सहनी २, निखिल सिंह २ र सेराज हवारी १ विकेट लिएका थिए । विजेता बारा टिम नगद २ लाख ५१ र उपबिजेता धनुषा नगद १ लाख ५१ ह्जार राशी सहित आकर्षक ट्रफी र मेडल सहित पुरस्कृत भएका छन् ।
दुवै टिमलाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, मधेश प्रदेशकी खेलकुद मन्त्री सुरिता साह, प्रतिनिधिसभा सदस्य मनिष झा र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले नगद राशी र ट्रफी सहित पुरस्कृत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच