भोजपुर । प्रत्येक बर्ष पहाडी जिल्ला भोजपुर सदरमुकाममा संचालन हुदै आएको सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा ‘ए’ डिभिजनका दुई क्लबले पनि प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी बैशाख ९ गतेबाट संचालन हुने अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि सहभागी भएर प्रतिस्पर्धा जनाउने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । प्रतियोगितामा यी दुई क्लव सहित आठ टिमले सहभागिता जनाउने छन् ।
अध्यक्ष सुवालका अनुसार प्रतियोगितामा नेपाल भित्रका त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, खोटाङ भगवती स्पोर्ट्स क्लब, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, आयोजक भोजपुर जिल्ला फुटवल संघ र नेपाल बाहिरको जर्जियन फुटबल क्लब भारतको सहभागिता हुने छ ।
जिल्लाकै प्रतिष्ठित सातौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको हो । बिगतमा सदरमुकामको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता संचालन हुदै आएको भएपनि यस बर्ष देखिको खेल भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा हुने छ ।
यसअघि ‘सेभेन ए साइड’को रूपमा प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । ‘तीन वटा ‘ए’ डिभिजनका क्लब सहभागी गराउने योजना रहेको भए पनि ए डिभिजन तर्फ दुई क्लब सहभागी हुने पक्का भएको आयोजक फुटवल संघका अध्यक्ष सुवालले बताउनुभयो ।
प्रतियोगिता संचालनका लागि नगरपालिकाले ३० लाख बजेट बिनियोजन गरेको छ भने अन्य लागत खर्च संकलन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पुरस्कारको व्यवस्था गरिएकोे छ । चैत्र २२ गतेबाट संचालन हुने भनिएको प्रतियोगिता प्राबिधिक कारण भन्दै मिति सारिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच