
रूपन्देही । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय पिस म्याराथनका सबै पुरस्कार नेपाली धावकले जितेका छन् । म्याराथनमा नेपाल, चीन, पाकिस्तान र श्रीलंकाका धावकहरू सहभागी थिए । पुरुषतर्फको म्याराथनको उपाधि बागलुङका तीर्थ पुनले जित्नुभयो । निर्धारित ४२.१९५ किलोमिटरको दूरी पुनले दुई घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गर्दै स्वर्णपदकसँगै नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नुभयो ।
सोही दूरी दुई घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले दोस्रो स्थान हासिल गर्नुभयो । उहाँले नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मिनेट ४६ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । उहाँले दुई लाख रुपैयाँ प्राप्त गर्नुभयो ।
प्रतियोगितामा अनिश थापा चौथो (एक लाख रुपैयाँ), किरण बोगटी पाँचौँ (८० हजार), सुशीलकुमार शाही छैटौँ (६० हजार), होमलाल श्रेष्ठ सातौँ (४० हजार), जुनेश खड्का आठौँ (२० हजार), राजन चौधरी नवौँ (१० हजार) र प्रकाश गैरेले दशौँ स्थान (पाँच हजार रुपैयाँ) हासिल गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच