के हाम्रा दल र दलका नेताहरूले इमानको राजनीति गर्छन् त ? यसको उत्तर जटिल बन्दै गएको छ । इमानको राजनीतिको जवाफमा दशकौं ग्रुजिएको छ । राजनीतिलाई यति धेरै फोहोरी बनाइयो कि शब्ददेखि घृणा उत्पन्न हुन थाल्यो आममानिसमा । विचार र सिद्धान्तको हुनुपर्ने हो तर व्यक्तिगत, नातागत, गुटगत र पार्टीगत स्वार्थभन्दा माथि उठ्न सकेन राजनीति । मूल आदर्शबाट विचलित भएर नितान्त आफ्ना स्वार्थका लागि जस्तोसुकै अपवित्र गठबन्धन गर्ने हाम्रा राजनीतिक पार्टीको पहिचान नै बनेको छ । अलिकति नैतिकता र इमानदारिमा यिनीहरूमा बचेको पाइँदैन । यो-त्यो बाहनामा कुर्सी बदलिन्छन्, तर पात्र र प्रवृत्तिले निरन्तरता पाइरहेका छन् । आमजनतामा नेता, पार्टी र कार्यकर्ताप्रति घृणा बढ्दै गएको छ ।
भ्रष्टाचार बढेर जानु राम्रो विषय होइन । गठबन्धन हेरफेर पनि राम्रो होइन । यसले विकासको गतिलाई रोक्छ । जनताका काममा ढिलासुस्ती छ ।
देशको भविष्यका बारेमा राजनीतिक दल र तिनका नेताहरूमा चिन्ता छैन । उनीहरू व्यक्तिगत स्वार्थको चिन्तामा मात्र व्यस्त छन् । दलहरू सत्ताका लागि ‘गाईजात्रा’ गरिरहेका छन् । केन्द्रका बाछिटा प्रदेश सरकामा परेका छन् । कुनै दिन विकासलाई बहसको विषय बनाएको पाइँदैन । पछिल्लो समय धेरै सुनिने शब्दमा ‘विश्वासको मत’, ‘नयाँ सरकारका लागि आहृवान’, ‘सत्ता समीकरण’ रहेका छन् । प्रदेशहरूमा यसबीचमा पाँचपटक त कहीँ छ पटकसम्म सरकार परिवर्तन भइरहेका छन् । राजनीति बिग्रिँदै गयो भने सबै क्षेत्र बिग्रँदै जाँदो रहेछ । वर्तमान राजनीतिक दलहरू र यिनीका क्रियाकलापले चरम निराशा बढाएको छ । जनता अलमल बनाउने र स्वार्थ पूरा गर्ने कामबाहेक नेताहरूले अरू देश र जनताको पक्षमा के नै गरेर देखाएर ? राजनीतिक स्वार्थ र आफू बन्ने कामबाहेक केही गरिरहेका छैनन् ।
सत्ता स्वार्थको वरिपरि घुमेर मुलुकले निकास पाउँन सक्दैन । सरकारले केही राम्रो काम गर्छ कि भन्ने आश थियो त्यो पनि फेरि हराउँदै गएको छ । राजनीति व्यापार भयो, राजनीतिका नाममा व्यापार गर्नेहरू माथि अब जनताले प्रश्न उठाउनुपर्छ । जनता चुप लाग्नु राम्रो होइन । लोकतन्त्रमा चित्त नबुझेका कुरा राख्न पाइन्छ । विरोध गर्न पाइन्छ । खबरदारी गर्न पाइन्छ । आखिर हामी किन चुप लागेर बसिरहेका छौं ? सत्ताकेन्द्रित राजनीतिले देशको भविष्य बर्बाद हुनेभयो । मुलुकमा विकास र सुशासन कायम हुनसकेन ।
भ्रष्टाचार बढेर जानु राम्रो विषय होइन । गठबन्धन हेरफेर पनि राम्रो होइन । यसले विकासको गतिलाई रोक्छ । जनताका काममा ढिलासुस्ती छ । पारा पुरानै छ भने यी दलहरूबाट जनताले थप नयाँ आस के गर्ने ? कसैले आलोचना गर्दा नेताहरू रिसाउँछन्, यस्तो पनि हुन्छ ? विकास निर्माणका काम ओझेलमा परेको अवस्था छ । आज देशमा नेताहरूले सबै कुरा बिगारे भन्ने अभिव्यक्ति आउने गरेको पाइन्छ । नीतिभन्दा नेता हावी भए । मुलुकमा सुशासन हरायो, भ्रष्टाचार मौलायो । नेताहरू तस्कर र माफियाको वरिपरि सीमित भए । राजनीतिमा परिवारवाद हावी भयो । शिक्षालय, न्यायालय, मन्त्रालयलगायतका ठाउँहरूमा भागबण्डा हुनेगरेको छ । संवैधानिक आयोगहरू एवं विभिन्न निगमलगायतका ठाउँमा राजनीतिक दलहरूले भागबण्डा गरेर खाइरहेका छन् ।
मुलुक र जनतालाई केन्द्रमा राखेर काम गर्ने नेता मुलुकमा कोही भएनन् । मुलुकको अर्थतन्त्र डामाडोल छ । विकसित मुलुकका प्रधानमन्त्री, राष्ट्रपतिलगायत उच्च ओहोदाका व्यक्ति एवं व्यक्तित्व कामबाट निवृत्त भएपछि राज्यबाट सुविधा नलिएको पाइन्छ । तर, हाम्रो मुलुकका प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, सभामुखलगायत पूर्वभिआइपीहरूले सुविधा लिने गरेका छन् । गरिब जनताको करबाट जम्मा भएको ढुकुटी दुरुपयोग गर्ने काम भएको छ ।
यस मुलुकलाई बिगार्ने दलहरू र तिनका नेता हुन् । मुलुक चलाउन नसक्ने असक्षमलाई पटक–पटक मतदान गरेर सत्तामा पु¥याउने काम जनताले गरिरहेका छन् । भ्रष्ट र स्टनबाजहरूका पछाडि जनता लाग्नु गलत हो । असक्षम व्यक्तिहरूले सत्तामा पुग्न जे पनि गरिरहेका छन् । पैसा नभएर सक्षम तथा इमानदार व्यक्तिहरू राजनीतिमा आउन सकिरहेका छैनन् । राजनीति पैसाले चल्ने भयो । स्वाभिमानी सक्षमहरू राजनीतिमा टिक्न सकिरहेका छैनन् । लोकतन्त्र त आयो, तर व्यवहारमा आएन । लोकतन्त्र आएपछि सबै चिज महँगिएको छ । युवापुस्ताले मुलुक छोड्नुपरेको छ । उत्पादन घटेको छ, भ्रष्टाचार बढेको छ । यस्तै हो त लोकतन्त्र ? लोकतन्त्रको अनुभूति जनताले गर्न पाएनन् । लोकतन्त्र सीमित, नेता, कार्यकर्ता र नेताका नातागोताहरूलाई मात्र भयो । विधिको शासन हराउँदै गयो । राज्यका निकायहरू तथा कर्मचारीतन्त्रमा लोकतान्त्रिक आचरण तथा व्यवहार हुन सकेन ।
यो निर्वाचन प्रणाली र अनावश्यक सांसद चाहिँदैन । दलहरूले नाता र आसेपासेलाई सांसद बनाउन यो व्यवस्था राखेका हुन् । अहिलेको निर्वाचन प्रणालीबाट राजनीतिक अस्थिरता बढेर गएको हो ।
लोकतन्त्र भनेको अरूको विचारको आदर गर्ने, सबैको हित र कल्याणका लागि काम गर्ने शासन व्यवस्था हो । तर, हाम्रो देशमा नेताहरूले लोकतन्त्रको खिल्ली उडाइरहेका छन् । दलहरूका बीचमा आन्तरिक रिस, डाह, इष्र्या, गुटबन्दी तथा स्वार्थको अभ्यास व्याप्त छ । देश र जनताको पक्षमा काम नगर्नेहरूले राजनीति नगरे हुन्छ । मुलुकका राजनीतिक दल र यिनका नेता बेइमानी भए । बेइमानको राजनीतिले मुलुक कहाँ पुग्ने होला ?
मुलुक नेतामुखी स्वार्थको चंगुलमा फसेको छ । मुलुकको आवश्यकता के हो ? विकासका कार्ययोजना कस्ता बनाउने ? आर्थिक समृद्धि कसरी ल्याउने ? सुशासन कसरी स्थापित गर्ने ? के यी विषयमा छलफल भएका छन् । शिक्षित युवाहरूलाई रोजगारको सिर्जना गर्ने विषयमा चिन्ता देखिँदैन । प्रशासनतन्त्र पनि राम्रो भएन । देशको अर्थतन्त्र खराब बन्दै गएको छ । जनताका आवश्यकता जहाँको त्यहीँ छ । हिजोभन्दा आज झन् जनताका समस्या बढिरहेका छन् । गरिब जनता बिहान बेलुकाको राम्रोसँग गुजरा चलाउन सकिरहेका छैनन् । अवस्था दयनीय छ । खुशी हुने ठाउँ कतै पनि भेटिँदैन ।
नेतामात्र बन्ने परिवर्तनको कुनै अर्थ छैन । जनता सधैँ गरिबमात्र बन्ने नेता धनी बन्दै जाने परिवर्तको खासै महŒव देखिँदैन । सरकार बन्ने र ढल्ने खेल फोहोरी राजनीतिको स्वरूप हो । हुन त कुनै पार्टीको संसद्मा स्पष्ट बहुमत नहुँदा यस्ता विकृति मौलाउनु स्वाभाविक हो । मूलकारण समानुपातिक निर्वाचन प्रणाली नै हो । यो निर्वाचन प्रणाली ठीक छैन खारेज गर्नुपर्छ । यो प्रणाली कायम भएसम्म ८४ सालमा हुने निर्वाचन परिणाम पनि यस्तै आउने हो ।
अहिलेको व्यवस्थामा राखिएको समानुपातिक निर्वाचन प्रणालीकै कारण प्रत्यक्ष निर्वाचनमा कुनै पनि दलको बहुमत नआएपछि यस्तै भइरहने हो । यो निर्वाचन प्रणाली र अनावश्यक सांसद चाहिँदैन । दलहरूले नाता र आसेपासेलाई सांसद बनाउन यो व्यवस्था राखेका हुन् । अहिलेको निर्वाचन प्रणालीबाट राजनीतिक अस्थिरता बढेर गएको हो । राजनीतिको दुरुपयोग गरेर मुलुकलाई बर्बाद बनाउनेहरू पनि छन् । उनीहरूले नै मुलुक कब्जा गरेर बसेका छन् । राजनीति गर्नेहरूले बुझेर पनि बुझ पचाइरहेका छन् । चुनावका बेलामा गरेका बाचा र आश्वासन दलहरूले पूरा गरे कि गरेनन् । जनताले उनीहरूसँग हिसाबकिताब माग्नुपर्ने कि नपर्ने ?
देश विकासका लागि स्थायित्व र स्थिरता अनिवार्य शर्त भएजस्तै नैतिकता पनि राजनीतिको अनिवार्य शर्त हो । नैतिकताविनाको राजनीतिको कुनै अर्थ हुँदैन । राजनीतिमा नैतिकता आधारभूत मान्यता हो तर हामीकहाँ यसको खडेरी छ । सत्ताकै लागि जुनसुकै र जस्तो सुकै गठबन्धन गर्न पछि नपर्ने अलिकति पनि नैतिकता देखाउनुनपर्ने कस्तो संस्कारको विकास गर्दै छौं ? यो गम्भीर प्रश्न हो । सत्ता फेरेको फेर्यै, मन्त्री फेरेको फेर्यै, के यही हो लोकतन्त्र ? यसले स्थिरता, स्थायित्व र विकास सम्भव छ ? सब सचेत वर्गले नैतिकतालाई धुमिल पार्दै गएको राजनीतिमा हस्तक्षेप गर्नुपर्छ अन्यथा भोलिको पुस्ताले हामीलाई धिक्कार्ने छ । त्यसैले सचेत वर्गले आआफ्नो ठाउँबाट खबरदारी गरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच