काठमाडौं । सधै पाठय पुस्तकको अभाव झेल्दै आएका मुगुका विधाथीहरु ले यो चोटि भने समय मै पाठ्यपुस्तक पाउने भएका छन् ।शैक्षिक सत्र शुरु हुन एक हप्ता बाकी रहदै हप्ता दिन अगावै जिल्लामा पाठ्यपुस्तक पुगेपछी यो चोटि मुगाली विधाथीहरुले पाठयपुस्तक सहित कक्षामा प्रवेश गर्ने भएका हुन्।
विगत वर्षहरुमा विधाथिहरुले बार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउदा अधुरो पढाइ मै परीक्षा दिदै आएका थिए ।जिल्ला स्थित चार वटा स्थानिय तहहरु मध्य शुक्रबारसम्म छायानाथ रारा नगरपालिका ,सोरु गाउपालिका र खत्याड गाउपालिकाहरुमा रहेका सामुदायिक विधालयहरुका लागि पुस्तक विक्रेताहरुले पाठय्पुस्तकहरु पालिका केन्द्रहरुमा पुर्याइ सकेका छन ।
छायानाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विधालयहरुका लागि पहिलो लडमा ४ हजार ५०० सेट पुस्तक जिल्लामा पुगेको पुस्तक विग्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपराइटर लक्ष्मी भामले बताउनु भएको छ ।
विगत वर्षहरुमा विधाथिले पुरै विषयका पुस्तक नपाएको र जनक शिक्षामा पनि पुस्तक अभाव थियो । विग्रेताले ढिलो किताब उठाउदा जनक शिक्षामा पुरै विषयका पुस्तक नपाउने र पाइए पनि अधुरा विषय पाइने गरेकोले यो चोटि समय मै पुस्तक ल्याउन ताकेता गरेका थियौ र जनक शिक्षाले पनि प्रयाप्त पुस्तक समय मै छपाएको पाइयो अब विधाथिले भर्नासङ्गै पुस्तक पाउने छन छायानाथ रारा नगरपालिकाका प्रमुख विष्नुकुमार भामले बताउनु भयो ।
उता जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सोरु गाउपालिकामा पनि यो चोटि समय मै पुस्तक पुगेका छन । ठूलो गाडिमा जिल्ला सदरमुकाम गमगढी पुगेको पुस्तक शनिबार साना गाडिमा लोड गरेर सोरु गाउपालिका पुर्याइएको छ ।
पालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्ल भन्नुहुन्छ यहाँ रहेका ३८ वटा सामुदायिक विधालयहरुका लागि पुस्तक विक्री गर्न जिम्मा लिएको शाही जनरल अडर एण्ड सप्लायर्सले ४ हजार ७ सय ७१ विधाथिका लागि पुग्ने गरि सबै विषयका पुस्तक पालिकामा पुर्याइ सकेको छ २७ गतेबाट विधालयहरुलाइ विक्री वितरण शुरु गरिनेछ ।
मुगुम कार्मारोङ्ग गाउपालिकामा रहेका १६ वटा सामुदायिक विधालयका १ हजार २०० विधाथिका लागि पुस्तक विक्रेताको जिम्मा लिएको युके स्टेशनरीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझी गाडिमा हिडाइ सकेको र वुधबारसम्म पालिका केन्द्र पुलसम्म पुस्तक पुगिसक्ने मुगुम कार्मारोङ्ग गाउपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी बताउनु भयो ।
जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँ पालिकामा रहेका ४० वटा सामुदायिक विधालयका लागि पुस्तक विक्रेताको जिम्मा लिएको एम भि इन्टरप्राइजेजले गत आइतवार नै पालिमा पुस्तकहरु पुर्याइ विक्री वितरण शुरु गरिसकेको शिक्षा शाखा प्रमुख दान बहादुर बुढाले बताउनु भयो ।
शैक्षिक सत्र वैशाख १ गतेबाट शुरु हुन्छ १५ गतेसम्म विधालयमा भर्ना अभियान चल्छ चैत मै पुस्तक जिल्लामा पुगेकाले भर्नासङै विधाथिहरुको हातहातमा पुस्तक पाउने भएका छन । यो चोटि पुस्तक विनै विधाथिले परीक्षा दिए । अपुरा पुस्तकले विधाथिको अध्ययन अधुरो भन्ने जस्ता समाचार र विधाथी,अभिभावक र विधालयहरुका गुनासा सुनिने छैनन ।
कक्षा १ देखि १० सम्मका विधाथिले सबै विषयका र कक्षा ११ र १२ का विधाथिहरुले अनिवार्य विषयका पुस्तक निशुल्क पाउने छन शिक्षा विकास तथा समन्वय इकाइ मुगुका निमित्त प्रमुख खड्कराज भियालले बताउनु भयो । मुगु जिल्लामा १३९ वटा सामुदायिक विधालयहरु रहेका छन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच