मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका कृषकहरुलाई अनुदानमा कृषि यन्त्र वितरण गरिएको छ।
थाहा नगरपालिका ३ मा रहेको शुभारम्भ कृषक सहकारी संस्थाले शनिबार एक कार्यक्रमका बीच सदस्य कृषकहरुलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको हो ।
कृषि विकास निर्देशनालय बागमती प्रदेशको व्यावसायिक तरकारी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र चितवनसंगको सहकार्यमा ५० प्रतिशत अनुदानमा मिनि टिलर १० थान, पानी तान्ने सर्मसियल मोटर ६ थान, सिचाइ उपकरण, तौल काँटा ७ थान स्प्रेयर पम्प १८ थान, गार्डेन पाईप ७५ केजी, ६(१२ को टनेल प्लाष्टिक ८ थान, तरकारीको बिउ लगायत जैविक विषादी वितरण गरिएको सहकारीका अध्यक्ष बिक्रम बिष्टले बताउनुभयो ।
कृषकहरुलाई कृषि कार्यमा सहजता उत्पन्न गर्नुको साथै उत्पादनमा वृद्धि गर्न कृषियन्त्र उपकरणले सहयोग पुर्याउने भएकोले कृषि ज्ञान केन्द्र चितवनसंग माग गरी कृषकहरुलाई वितरण गरिएको अध्यक्ष बिष्टले बताउनुभयो ।
थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बिष्टको प्रमुख आतिथ्यता भएको कार्यक्रममा निवर्तमान नगरप्रमुख लवशेर बिष्ट , वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा सदस्य कृष्णकुमार कार्की, कृषि प्राविधिक रोहिणी स्याङ्तानको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच