काठमाडौं । सेयर बजार २१ अंकभन्दा बढीले घटेको छ । आइतबार कारोबार भएका तीन सय नौ कम्पनीमध्ये एक सय चार कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ९३ कम्पनी कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन नेप्से घटे पनि सात अर्ब ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार नेप्से २१.०३ अंकले घटेर २०८८.०७ अंकमा झरेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १.३३ प्रतिशतले घटेर ३९१.३३ अंकमा झरेको छ । यस दिन १३ समूहगत सूचकमध्ये चारवटाको परिसूचक बढेको छ भने नौवटाको घटेको छ । अन्य, निर्जीवन बिमा, जीवन बिमा र जलविद्युत् समूहगत सूचक बढेको छ ।
लगानी समूहगत सूचक सर्वाधिक ३.८९ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधनमूलक २.७५, बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमूलक र लघुवित्त एक प्रतिशतभन्दा धेरैले घटेका छन् ।
घटेको बजारमा १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक र दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, बिपिडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, माईखोला हाइड्रोपावर, मैलुङखोला हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । तर, ज्योति विकास बण्ड २०८७ र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य नकारात्मक सर्किट लागेर घटेको छ भने हाथवे इन्भेष्टमेन्ट कम्पनी ९.८५, आँखुखोला जलविद्युत् ९.१७ र हिमालयन डिष्टिलरीको ६.८७ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
शिवम् सिमेन्टको ३० करोड ४३ लाख २८ हजार रुपैयाँ बराबरका पाँच लाख १९ हजार दुई सय ७६ कित्ता सेयर खरिदबिक्री भएका छन् भने अन्य तीन कम्पनी हाथवे इन्भेष्टमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, घोराही सिमेन्टको पनि २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स १९ करोड तीन लाख, नेपाल इन्स्योरेन्स १८ करोड दुई लाख, रिलायबल नेपाल लाइफ १६ करोड ९३ लाख, हिमालयन डिष्टिलरीे १५ करोड ३४ लाख, नेपाल टेलिकम १३ करोड २० लाख, सोल्टी होटल १२ करोड ५७ लाख र नेपाल रिपब्लिक मिडियाको ११ करोड ३२ लाख मूल्यको सेयर कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच