काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको पार्टीको बिरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरु तोडेर अघि बढ्ने बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उहाँले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरु राप्रपालाई मान्य नहुने बताउनुभएको हो ।
उहाँले राप्रपाले शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो । उहाँले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत बिरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको बताउनु भयो । अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरुलाई साँघुरो बनाउने प्रयत्नहरु राप्रपालाई स्वीकार्य नरहेको बताउनु भयो ।
उहाँले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पार्नुभयो । कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिनुभयो । शनिवारको प्रदर्शनमा राजनीतिक दलहरुको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै भत्र्सना गर्नुभयो । शनिवार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुकहरुमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोडका कामहरु हुने छैनन् । त्यो क्रममा सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस् । प्रधानमन्त्री र गृहमन्त्रीलाई म विशेष के आग्रह गर्न चाहन्छु भने पछिल्लो दिनमा प्रजातान्त्रिक क्रियाकलापहरु संविधानले नै दिएको सुविधा, बिरोध प्रदर्शन गर्न पाउने, सभा सम्मेलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै जुन निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरुलाई साँघुरो बनाउने जुन प्रयत्नहरु भइरहेको छ । हिजो मात्रै पनि केही राजनीतिक दलका प्रदर्शनहरुमाथि लाठी चार्ज भयो । भिक्षुहरुलाई लात्ती मुड्की गर्ने काम भयो । त्यसको म निन्दा र भत्र्सना गर्दछु । राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेछ । मुख्य सडकहरुमा जुलुस निकाल्नेछ । जनसाधारणलाई असुविधा हुने कुनै क्रियाकलाप गर्नेछैन । त्यो क्रममा कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोज्यो भने त्यसको प्रतिरोध गर्नेछौँ र प्रतिवाद गर्नेछौँ । निषेधित क्षेत्रहरु राप्रपाले तोडेर अघि बढ्नेछ । त्यस प्रकारको मुठभेडको स्थिति सरकारले निर्माण नगरोस् ।’
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरुलाई एकतावद्ध भइ आन्दोलनमा होमिन आग्रह गर्नुभयो । उहाँले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच