यू-२० फुटबल छनोट पुस १० देखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यू-२० राष्ट्रिय महिला फुटबल टिम निर्माणका लागि खेलाडी छनोट पुस १० गते आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फासँग आबद्ध ४८ जिल्लालाई पत्र लेख्दै यू-२० महिला टिमको छनोट पुस १० गते आइतबार हुने जनाएको छ । एन्फाले छनोटमा सहभागी गराउन जिल्लाका खेलाडीलाई पठाउन आग्रह गरेको छ । छनोट एन्फा कम्प्लेक्समा हुनेछ । बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि एन्फाले खेलाडी छनोट गर्न लागेको हो । एन्फाले यम गुरुङलाई यू-२० महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

ढाकामा आयोजना हुने च्याम्पियनसिप २०२३ को फेबु्रअरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेबु्रअरी ३ मा हुनेछ । यस्तै, नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?