काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ ।
हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौ ल्याउन लागिएको बताइएको छ । सभापति खानको दायाँ हातमा चोट पुगेको छ । उहाँ पूर्व खानेपानी मन्त्री समेत हुनु हाे ।
उहाँसँग गाडीमा को–को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।
खानका निजी सचिव अस्मिर खानका अनुसार गाडीमा सवार छ जना सबै घाइते भए पनि खतरामुक्त रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच