धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादीका श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका बिसुराल विजयी

Read Time = 2 mins

धादिङ । धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादीका श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका बिसुराल विजयी
वावुराम श्रेष्ठ, धादिङ : धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी भएका छन् । श्रेष्ठले ६ हजार ३ सय ८ मत र उहाँका निकटतम प्रतिद्वोन्द्वी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले चार हजार ५१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विसुराल विजयी हुनु भएको छ ।

उहाँले ५ हजार ६ सय ९९ मत र उहाँका प्रतिद्वोन्द्वी नेकपा एमालेका भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गर्नु भयो । गजुरी गाउँपालिकाको वडा नं १, ५, ६, ७, ८ को वडा अध्यक्षमा माओवादी केन्द्र र वडा नं २, ३, ४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा तारानाथ भण्डारीले ६ सय ९०, वडा नं २ मा द्रोण कडेंलले ६ सय ७१, वडा नं ३ मा ऋषिलाल श्रेष्ठले ४ सय ६९, वडा नं ४ मा सुरेन्द्र प्रजाले ८ सय ८० मत ल्याएका छन् ।

त्यस्तै वडा नं ५ मा गोविन्द लामिछानेले एक हजार १३, वडा नं ६ मा भक्तबहादुर तामाङले एक हजार दुई सय ५, वडा नं ७ मा बद्री प्रसाद जमकट्टेलले ७ सय ७१ मत, वडा नं ८ मा देवराज ओझाले ९ सय ४६ मत ल्याएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?