विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकपछि माओवादी संसदीय दलका नेता इन्द्र आङवोले आजै मन्त्रीहरुले राजीनामा दिने बताउनु भयाे ।
कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री हुनुहुन्थ्यो ।
सरकारबाट माओवादी बाहिरिएसँगै एमालेले पनि समर्थन फिर्ता लिएर आज नै वैकल्पिक सरकारको दाबी प्रदेश प्रमुख समक्ष गर्ने बुझिएको छ ।
एमालेका प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिन हस्ताक्षर समेत गरिसकेका छन् । यता मुख्यमन्त्री कार्कीले भने संवैधानिक व्यवस्था अनुसार आफू नेतृत्वको सरकार ढाल्ने नसक्ने जिकिर गर्दै आउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच