काठमाडौं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ ।
अघिल्ला वर्षहरुमाझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो ।
घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्रीहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रश्तुत गरेको थियो । साथै समारोहमा नृत्य समेत प्रश्तुत गरिएको थियो ।
यस्तै, ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाइन्छ ।
यो जात्रालाई स्थानीयले मल्लकालदेखि चल्दै आएको भने पनि यसमा महाभारतकालीन पात्रको प्रयोग गरेर यो जात्रा मनाउने गरिन्छ । पाटनको मूलचोकबाट सुरु भई विभिन्न स्थान हुँदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ ।
नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान,सुपारी र दक्षिणा दिई विदावारी गरेपछि ललितपुरको एकल घोडजात्रा सम्पन्न हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच