म्याड्रिड । स्पेन फुटबलका पूर्वप्रमुख लुइस रुबियालेसले महिला खेलाडीलाई आफूले यौन दुव्र्यवहार नगरेको दाबी गर्नुभएको छ । उहाँमाथि गत वर्षको विश्वकप जितेपछि महिला राष्ट्रिय टोलीका एक स्टार खेलाडीलाई अनावश्यक चुम्बन गरेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । तर, उहाँले त्यसलाई अस्वीकार गर्नुभएको हो ।
आफू पुरुष भएकाले मात्रै सोधपुछ भइरहेको उहाँले दाबी गर्नुभएको छ । एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै रुबियालेसले पदक समारोहमा फरवार्ड जेनिफर हर्मोसोले चुम्बन गर्न सहमत भएको दाबी गर्नुभएको छ । ‘मेरो लागि त्यहाँ कुनै अपराध छैन,’ रुबियालेसले टिभी च्यानलसँगको अन्तर्वार्तामा भन्नुभएको छ, ‘यो मेरो विचार हो, मेरो नम्र विचार, जुन म पनि बाँचेको छु ।’ जसले तस्बिरहरूमात्र देख्छ उसले सो घटनाका बारेमा बुझ्न सक्दैन तर सत्य यो हो कि भिडियो हेरेपछि कसैले पनि कसरी सोच्न सक्छ कि यो यौन दुव्र्यवहार हो ।’
स्पेनको ऐतिहासिक पहिलो महिला विश्वकपको जितको खुसी मनाउने क्रममा रूबिलालेसले महिला खेलाडी हर्मोसोलाई चुम्बन गर्नुभएको थियो । जसका कारण उहाँलाई निलम्बन गरिएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच