काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनविरुद्ध ३३ रनको जित निकालेको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरात १८ दशमलव ५ बलमा १३० रनमै समेटिएको हो।
गुजरातका लागि साई सुदर्शनले ३१, राहुल टेवाटियाले ३०, कप्तान सुभमन गिलले १९, विजय शंकर १७ र दर्शन नलकन्देले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। गुजरात ७ बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर १३० रनमा समेटिएको हो।
लखनउका लागि यस ठाकुरले एक्लै ५ विकेट लिए भने क्रुनाल पाण्डेयले ३ विकेट हात पारे। उसका लागि नवीन उल हक र रवि बिश्नोईले १–१ विकेट लिए।
यसअघि ब्याटिङ गरेको लखनउका लागि मार्कस स्टोनिसले अर्धशतक बनाए। उनले चार चौका र दुई छक्काको मद्दतमा ४३ बल खेल्दै ५८ रन बनाएका हुन्। कप्तान केएल राहुलले ३३, निकोलास पुरणले नटआउट ३२ रन जोड्दा आयुष बाडोनीले २० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
गुजरातका लागि उमेश यादव र दर्शन नलकण्डेले समान २–२ विकेट हात पार्दा रासिद खानले १ विकेट लिए।
यो खेलसँगै लखनउ चार खेलमा तीन जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा छ। गुजरात भने पाँच खेलमा दुई जित निकाल्दै ४ अंकका साथ सातौं स्थानामा छ। आईपिएल अन्तर्गत सोमबार चेन्नई सुपर किंग्स र कोलकत्ता किंग्स राइजर्सको प्रतिस्पर्धा हुनेछ। कोलकत्ता दोस्रो र चेन्नई चौथो स्थानमा छन।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच