चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 2 mins

खोटाङ । खोटाङमा अज्ञात व्यक्तिले चरनमा छाडिएका हल गोरुको खुट्टा काटिदिएका छन् ।

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे फोक्सिङटारका सूर्य माझीको हल गोरुको खुट्टा काटिएको हो । धारिलो हतियार प्रयोग गरेर खुट्टा काटिएका गोरु हिँड्न नसक्ने अवस्थामा फेला परेको स्थानीय कर्णसेर राईले बताउनुभयो ।

माझीले चरनका लागि हल गोरु छाड्नुभएको थियो । पहाडी क्षेत्रमा हिँउदको समयमा गाईवस्तु चरिचरनका लागि खुला छाड्ने प्रचलन छ । तर माझीले चरनमा छाडेको गोरु खुट्टाका विभिन्न ठाउँमा काटिएको घाइते अवस्थामा फेला परेको हो ।

हिउँदे तरकारी बाली खाइदिएपछि स्थानीयले गोरुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अनुमान गरिएको छ ।

गोरुको खुट्टा काटेर घाइते बनाइदिएको जानकारी आएपछि घट्नास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो।

घटनाको विषयमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?