सोनाम ब्राण्डको दशैँ अफर

Read Time = 1 min

काठमाडौं । व्यक्तिगत तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्राण्ड सोनामले सोनामको साथ नामक छुट योजना ल्याएको छ । असोज १४ गतेसम्म लागू हुने गरी दशैँ अफरअन्तर्गत छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

छुट कम्पनीका सबै आउटलेटमा लागू हुनेछ । सोनाम ब्राण्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोशाक, टेन्ट, ब्यागलगायत उत्पादन रहेका छन् ।

काठमाडौंको ठमेलको क्वाबहाल र ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोक, चितवनको सिजी ल्याण्डमार्क, सुनसरीको धरान, पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनामका शोरुम रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?