विविधतामा एकता नै नेपालको सुन्दरता : सभामुख मण्डल

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनुभएको छ ।

मुस्लिम समुदायको जारी रमजान पर्वको अवसरमा आयोगद्वारा जनकपुरधाममा आयोजित इफ्तार कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनु भयो । उहाँले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाइचारा तथा सामाजिक सद्भाव वृद्धि गर्ने बताउनु भयो । सभामुख मण्डलले विविधतामा एकता नै देशको विशेषता रहेकाले हिन्दु-मुस्लिमबीच सद्भाव कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुस्लिम आयोगका समिम मियाँ अन्सारीले मन्दिर र मस्जिद आस्थाको केन्द्र भएकाले सबैले आफ्नो धर्मअनुसार काम गर्न पाउनुपर्ने बताउनु भयो । अध्यक्ष अन्सारीले नेपालमा वर्षौंदेखि हिन्दु मुसलमान एकसाथ बस्दै आएको विशेषता रहेको र यही देशको पहिचान विविधतामा एकता रहेको बताउनु भयो । विचौलियाहरुले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाउनु भयो ।

मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा बढाएर शान्ति तथा मुलुकवासीमा समृद्धि हासिल हुने सहभागीहरुले अपेक्षा गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?