काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सभामुख देवराज घिमिरेको त्रुटीका कारण संसद बैठक चल्न नसकेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले संसद बैठकमा सभामुख घिमिरेको त्रुटी भएको बताउनुभएको हो ।
उहाँले संसदमा विपक्षीहरुको कुरा सुन्ने वातावरण बनाउनुपर्ने भन्दै विपक्षी बोलिसकेपछि सत्ता पक्षका सांसदलाई बोल्न दिनुले वातावरण बिथोलिएको बताउनु भयो । उहाँले संसदमा साढे जुधाई भएको टिप्पणी गर्दै यसले संसदको गरिमालाई घटाउने बताउनु भयो । उहाँले लोकतन्त्रमा जवाफदेहिता सबैभन्दा ठूलो विषय भएको भन्दै कसैप्रति प्रश्न उठेमा त्यसको जवाफ दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘लोकतन्त्रमा जनताले प्रश्न गर्न पाउनुपर्छ र प्रश्न उठिसकेपछि त्यसको जवाफ दिनुपर्छ । लोकतन्त्रमा जवाफदेहिता नै सबैभन्दा ठूलो विषय हो । अहिले संसदमा जुन परिदृश्य देखाप-यो, सभामुखले यो परिस्थितिलाई मुकाविला गर्नका लागि सर्वपक्षिय, सर्वदलिय सहमतीको वातावरण बनाउनुपर्थ्याे । प्रमुख प्रतिपक्षले संसदमा कुरा राखिसकेपछि उहाँले अरुलाई बिचमा बोल्ने अवसर दिनु हुँदैन थियो जस्तो मलाई लाग्छ । उहाँले अर्कोलाई पनि समय दिनुभयो । एकप्रकारको टसल भयो । संसदमा विपक्षीको कुरा सुन्ने, वातावरण बनाउने भन्ने हुन्छ । यहाँ त साढे जुधाई भयो । यसले संसदको गरिमालाई घटाउँछ । जनतामा जुन प्रकारको निराशा, आक्रोश छ दलहरु प्रति झन यसले अविश्वासको वातावरण बनाउँछ । यसमा सदनको नेता सभामुख हो । उहाँ यसप्रति गम्भिर हुनुपर्छ । आज उहाँबाट कहीँ न कहीँ त्रुटी भएको देखिन्छ । उहाँले अधिकतम दलहरुका बीचमा सहमती गराउने प्रयास गर्नुपर्छ ।’
सांसद यादवले सभामुखले संसद खुलाउने सम्बन्धमा दलहरुका बिचमा सहमती गराउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच