रेफ्री सेमिनार सुरु

हिमालय टाइम्स
Read Time = 1 min

हेटौँडा । नेपाल कराँते महासङ्घअन्तर्गतको राष्ट्रिय रेफ्री कमिसनको आयोजनामा नवौँ राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षा हेटौँडामा बुधबारदेखि सुरु भएको छ । सेमिनारमा दुई सयभन्दा बढीको सहभागिता रहेको बताइएको छ ।

सेमिनारको औपचारिक उद्घाटन बिहीबारमात्र भएको छ । सेमिनारका लागि दक्षिण एसियाली कराँते महासङ्घका अध्यक्ष एचएम सिसिरा कुमारा नेपाल आउँदै हुनुहुन्छ । सेमिनार भदौ ४ गतेसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?