उद्योगमा अघोषित लोडसेडिङ, मारमा उद्योगी-व्यवसायी

Read Time = 3 mins

भैरहवा । कोभिडले थला पारेका उद्योगधन्दाहरू विस्तारै चलायमान हुन थालेका छन् । तर, उद्योग नगरी भनेर चिनिने रूपन्देहीको भैरहवामा भने अघोषित लोडसेडिङले स्थानीयदेखि उद्योगी व्यवसायी आजित बनेका छन् । अघोषितरूपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायत समस्याका कारण यहाँका दर्जन बढी उद्योगहरू उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।

विद्युत् अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायीमात्रै होइन सर्वसाधारणले पनि सहज ढंगले काम गर्न पाएका छैनन् । अत्यधिक गर्मीबीच अघोषितरूपमा भइरहेको लोडसेडिङले आमनागरिकको जीवन पनि कष्टकर बन्दै गएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्योगमा एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको बताउनुभयो ।

दिनको समयमा पनि पटक-पटकको ट्रिपिङ, लो भोल्टेजका कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी बेहोर्नुपरेको उहाँले बताउनुभयो । ‘घण्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ, बीचमै विद्युत् गएर ती वस्तु उत्पादन नभई फाल्नुपर्ने हुन्छ, जसले लागत पनि बढेको छ,’ अध्यक्ष न्यौपानेले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

रूपन्देहीका ३३ केभिए विद्युत्बाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको संघका एसोसियट सदस्य विकास गोयन्काले बताउनुभयो । यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति ठप्प हुने गरेको छ ।

विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवे विद्युत् आपूर्तिमा समस्या भएका कारण उद्योगतर्फ समस्या आएको बताउनुहुन्छ । ‘आएको विद्युत् वितरण गर्ने हो, उद्योगको मागअनुसारको आपूर्ति नभएकाले विद्युत् अनियमित हुने गरेको छ यो अघोषित लोडसेडिङ होइन,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए