झापा । नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद गोपाल तामाङलाई मनोनयन गरेको छ ।
कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले मंगलबार तामाङलाई प्रमुख सचेतकमा मनोनयन गर्नु भएको हो । तामाङ झापा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश 'क' बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुनु हो ।
तामाङलाई कोशी प्रदेश कांग्रेस संसदीय दलको विधान २०४७ को दफा ११ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी संसदीय दलका नेता थापाले प्रमुख सचेतक मनोनयन गर्नु भएको हो।
सोको जानकारी कोशी प्रदेश संसद सचिवालय र कांग्रेस केन्द्रीय कार्यालयलाई समेत गराइएकोछ ।
मेचीनगर नगरपालिका ६ काँकडभिट्टा निवासी तामाङले गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रविन कोइरालालाई पराजित गर्नु भएको थियो। कोइरालाले २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मालाई पराजित गर्नु भएको थियोे ।
कांग्रेसका प्रभावशाली नेता शर्मालाई हराएर राजनीतिक उचाई बनाउनु भएका कोइरालाको २०७९ मा प्रदेश सांसद जितेर मुख्यमन्त्री बन्ने चर्चा थियो ।
एमालेबाट स्थानीयस्तरमा राम्रो छवि बनाउनु भएका कोइरालालाई हराएपछि तामाङको राजनीतिक चर्चा चुलिएको थियोे । सोही सफलताको कदर गर्दै पार्टीले तामाङलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको झापा कांग्रेसका एक नेताले बताए ।
गत निर्वाचनमा कोइरालालाई तामाङले चार हजार ३८८ मतले पराजित गर्नु भएको थियोे । तामाङले २३ हजार ४५ मत पाउँदा कोइरालाले १८ हजार ६५८ मत प्राप्त गर्नुभएको थियोे ।
प्रमुख सचेतकमा चयन हुनुभएका तामाङ नेपाल तरुण दलका झापा अध्यक्ष र कांग्रेसका मनोनीत महासमिति सदस्य हुनुहुन्छ । गत फागुनमा सम्पन्न महासमिति बैठकको संघारमा तामाङलाई पार्टी सभापति शेरबहादुर देउवाले महासमिति सदस्य मनोनीत गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच