संसद्को अवरोध हट्याे, सुन तस्करी छानबिनका लागि असोज ५ गते उच्चस्तरीय आयोग बन्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएको छ । संसद्को अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संसदमा रहेका प्रमुख दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

सहमतिमा अर्को महिना असोज ५ गते सरकारले आयोग बनाउने र त्यही दिनदेखि आयोगले काम प्रारम्भ गर्ने उल्लेख छ ।

अब सदनको अवरोध पनि हट्ने भएको छ ।

१० साउनदेखि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?