
भोजपुर । प्रत्येक वर्ष भोजपुरमा संचालन हुदै आएको छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस संचालनको तयारी थालिएको छ । नयाँ बर्षको अवसरमा पारेर बैशाख तीन गते ट्रेल रेसको आयोजना गरिएको हो ।
टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ स्पाेर्टस एण्ड एकेडेमीको आयोजनामा भोजपुरको बाघ खोरदेखि चखेवा भञ्ज्याङसम्म ४० किलोमिटर ट्रेल रेस प्रतियोगिता सञ्चालनको तयारी भई रहेको छ । रेस भोजपुर नगरपालिका वडा नम्वर ४, बाघखोरबाट सुरु भई टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ४ को चखेवा भञ्ज्याङसम्म संचालन हुने आयोजक संस्थाका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो ।
२०८१ बैशाख १, २ र ३ गतेबाट कृषि, पर्यटन र सांस्कृतिक महोत्सव चखेवामा हुन लागेको अवसर पारेर ट्रेल रेस हुन लागेको अध्यक्ष राईको भनाई रहेको छ । “सरकारको एक सय पर्यटन गन्तब्यकारुपमा सुचीकृत म्ुन्दुम पदमार्गको प्रचार प्रसारका लागि पनि यो रेस महत्वपूर्ण हुने छ ।” अध्यक्ष राईले भन्नुभयो ।
प्रतियोगितामा नेपाल आर्मी सहित १० जिल्लाका खेलाडीहरू खुला पुरुष तर्फ ९९ जना, खुला महिला ३६ जना र ४० बर्ष माथि पुरुष तर्फ १२ जना, महिला तीन जना गरी करिव डेढ सयको सहभागीता रहने आयोजकले जनाएको छ । रेसमा महिला तथा पुरुष विद्या तर्फ विजयी, प्रथम रनर अप, दोस्रो रनर अप र चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद ३५ हजार, २५ हजार, १५ हजार र पाँच हजार प्रदान गरिने छ । यस्ते ४० बर्ष माथि भ्याट्रन महिला, पुरुष विद्या तर्फ विजयी, प्रथम रनर अप र दोस्रो रनर अपलाई क्रमशः १५ हजार, ८ हजार, ५ हजार नगद सहित विजयी सबैलाई प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिने आयोजक संस्थाका सचिव संग्राम राईले जानकारी दिनुभयो ।
यसअघि सञ्चालित संस्करणका खेलाडीहरू उमेश राई, प्रतिभा श्रेष्ठ, हिरामान तामाङ, राम बहादुर गुरुङ लगायत अन्य खेलाडीहरूले देशका विभिन्न क्षेत्रमा सञ्चालन हुने रेस प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच